
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २६ जेष्ठ
निरन नेपाल राष्ट्रिय अन्तरधार्मिक सञ्जाल काठमाडौंको आयोजनामा मनोबैज्ञानिक सहयोग तथा बच्चाहरुको नैतिक शिक्षा भन्ने विषयहरुमा दृष्यगत बैठक समपन्न भएको छ ।
यस भर्चुअल बैठकको अध्यक्षता निरन नेपालको अध्यक्ष हर्ष थापाले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य निरन नेपालको कार्यक्रम संयोजक नहिदा बानोले राख्नुभएको थियो । कार्यक्रमको शुरुवातमा मनोचिकित्सक लिला श्रेष्ठले अभिभावकत्व(पैरेन्टिङ्ग), तनाब व्यवस्थापन (स्ट्रश म्यानेजमेन्त)तथा शान्तिपूर्ण चित्त(माइन्डफुल ग्राउण्डिङ्ग)को बारेमा उदाहरणहरु सहित जानकारी गराउनु भएको थियो । अन्त्यमा दर्शकहरुका प्रश्नहरुका समेत जवाफ दिएर संतुष्ट गरेका थिए । त्यसैगरी अर्काे अतिथि निरन नेपालकै सचिव ईशु कार्कीले सोच र काम बीच सन्तुलन(ब्यालेन्स बिटवीन थट एण्ड एक्सन) विषयमा आफ्ना विचारहरु राख्नुभएको थियो । त्यसैगरी अर्काे बक्ताको रुपमा ईस्लामिक संघका कार्यकारी सदस्य अरमान ठकुुरी मियाले चरित्र निर्माण (बिउल्ड अप केरेक्टर) सम्बन्धि आफ्ना विचारहरु दृष्टान्त सहित प्रस्तुत गर्नु भएका थिए ।अखिल भिक्षु महासंघको सदस्य भिक्षु पियादशीले परिवार प्रतिको दायित्व(डियटी टुवार्डस फेमिली) सम्बन्धमा आफ्ना गहकिला बिचारहरु राख्नुभएका थिए । त्यसैगरी कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले कार्यक्रमको समिक्षा गर्दै निरन नेपाल हरपल समाज सुधारको लागि तयार रहेको बताउनुभयो । वहाँले यो कार्यक्रम वल्र्ड भिजन नेपाल र निरन नेपालको सहकार्यमा संचालन रहेको बताउनु भयो । वहाँले आत्मबललाई सदैब ताजा राखि परिबारसँग खुशीले बाच्नलाई बताउनुभयो । सकारात्मक सोचका साथ अगाडी बढे अरुको विकासको साथै आफ्नो विकास हुन्छ बताउनुभयो । वहाँले अरुलाई सम्मान गर्न,योग ध्यान प्राणायाम गर्न,नियमित तालिका बनाएर काम गर्न,बच्चाहरुलाई धार्मिक पुस्तक र बेवसाइट पढन,सृजनशिल हुन तथा एकजुट भएर बस्न सल्लाह दिनुभयो । वहाँले कार्यक्रममा सहभागि भएका करिब एक सय भन्दा बढी सहभागिहरु तथा संचारकर्मीहरु प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएका थिए ।