मन्त्री चौधरीद्वारा बालमन्दिर निरीक्षण – Jaleshwortoday

मन्त्री चौधरीद्वारा बालमन्दिर निरीक्षण

 ८ असार २०७८, मंगलवार ०९:३२  

राकेश प्रसाद चौधरी
महोत्तरी,६ जेष्ठ

जलेश्वरस्थित बालमन्दिर आधारभूत विद्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले निरीक्षण गरेकी छिन् ।
निरीक्षणको क्रममा मन्त्रीले विद्यालयको भवन, कक्षा कोठा, फर्निचर, पुस्तकालयको दुराबस्था देखेपछि आफूले सम्बन्धित ठाउँहरुबाट यसको सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा ७३ छात्र सहित १२४ विद्यार्थी छन् । यो विद्यालयको स्थापना २०३१ सालमा भएपनि हालसम्म बिजुलीबत्ती समेत छैन । औपचारिक निरीक्षणको क्रममा विद्यालयमा पुगेकी मन्त्री चौधरीलाई नेपाल बाल संगठन महोत्तरीका सभापति मनोज नायकले दोसल्ला ओढाएर सम्मान गरेका छन् । बालमन्दिरको स्थापना नेपाल बाल संगठनले नै गरेकोले स्थानीय सरकारले बनाउने शिक्षा नीतिमा यस विद्यालयको ब्यबस्थापकीय विशेषााधिकार कायम नै राखिदिन अध्यक्ष नायकले आग्रह गरेका छन् । उनले प्रदेशभरकै अनाथ बालबालिकाका लागि यसै ठाउँमा निशुल्क खाने,बस्ने र पढ्ने बाताबरण निर्माणका लागि आवश्यक स्रोत साधन सरकारले उपलब्ध गराए बाल संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नबाट पछाडि नहट्ने बताए । मन्त्री चौधरीले बालमन्दिरको बारेमा आफूले चाँसो लिएको र यसको बिकासका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले समन्वयको अभावका कारण यो विद्यालयको बिकास हुन नसकेको जिकिर गरे । प्रधानाध्यापक सुरेन्द्र सिंहले विभिन्न चुनौतीहरु पार गर्दै अतिरिक्त स्रोत साधन बिना विद्यालय संचालन भइरहेकोले सरोकारवालाहरुले यसको बिकासका लागि सहयोग गर्नुपर्ने आग्रह गरे ।
विद्यालय निरीक्षणको समयमा संगठनका पूर्व जिल्ला सचिव प्रल्हाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष लवराजा सिंह, रेडक्रस सोसाइटी महोत्तरीका अध्यक्ष दिपक मिश्र, सेन्चुरी बैंक जलेश्वरका प्रबन्धक मुकेश जयसवाल,पत्रकार राकेश चौधरी एवं विद्यालयका सम्पूर्ण शिक्षक तथा अभिभावकहरुको उपस्थिती थियो ।