सडक निर्माणमा अनुगमन जरुरी – Jaleshwortoday

सडक निर्माणमा अनुगमन जरुरी

 ९ असार २०७८, बुधबार ०७:४७  
Education

अहिले बर्षायाम प्रारम्भ हुने बितिकै गाउँघरका सडकहरु हिलाम्य देखिएका छन् । हुन त प्रायजसो गाउँघरका शहर टोलका सबै खाले सडकहरु निर्माण भइसकेको भए पनि कहि कहि अहिले पनि सडकहरु निर्माण नभएर स्थानियहरुलाई समस्या भएको बुझिएको छ । युवादेखि विभिन्न समुदाय तथा संस्था अगुवाहरु विभिन्न साँकेतिक बिरोध प्रदर्शन गरेको देखिन्छ । यस्ता स्थानिय समस्याहरु स्थानिय जनप्रतिनिधिहरुले समाधान गर्न आवश्यक देखिन्छ । यसको लागि उपभोक्ता समिति तथा नागरिक समाजले पनि निर्माण हुन बाँकी रहेका सडकहरुका बारेमा जानकारी गराउँनुपर्छ । स्थानिय वडाध्यक्षहरुले समेत आफ्नो क्षेत्रको सडकहरु किन निर्माण हुन नसकेको कराको प्रमाण तथा संतुष्टि दिलाउन सक्नुपर्छ । तर सामान्य अवस्थामा अहिले सबै पालिकामा सडक निर्माणको लागि बजेट बिनियोज भइसकेको अवस्थामा के कति कारणले निर्माण हुन नसकेको तथ्य बताउनु भन्दा त्यस समस्याको समाधानको लागि प्रयत्न गर्न जरुरी हुन्छ । स्थानियको बिरोध हुनु स्वाभाविक हो । स्थानियलाई आफ्नो गाउँटोलको समस्याको समाधान गराउनलाई आवश्यकता रहेको हुन्छ । यस परिवेशमा स्थानिय पालिका अध्यक्ष पूर्णरुपमा जिम्मेबार हुन्छ । निर्माणाधिन सडक तथा निर्माण हुन नसेको सडकहरुको बारेमा अनुगमन गर्नु पर्ने देखिन्छ । साथै अहिले असारे बजेट सकाउन विभिन्न कमसल समानहरुको प्रयोग गरी सडक निर्माण भइरहेकोले अनुगमन र कारबाहीको प्रक्रिया अगाडी बढाउन जरुरी छ ।