
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ८ जेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका २० मन्त्री पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले पछिल्लोपटक गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेशसंगै मन्त्रीहरु पदमुक्त भएका हुन् । संसद विघटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यसविरुद्ध परेका रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई काम नगराउन अन्तरिम आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई काम नगराउन आदेश दिएको हो ।