धार्मिक गुरुहरु प्रति सरकार संवेदनशील भएर खोपको व्यवस्था गर्न जरुरी ः प्र्रदेश सभा सदस्य रानी शर्मा – Jaleshwortoday

धार्मिक गुरुहरु प्रति सरकार संवेदनशील भएर खोपको व्यवस्था गर्न जरुरी ः प्र्रदेश सभा सदस्य रानी शर्मा

 ९ असार २०७८, बुधबार ०८:४३  
Coron Kahar

जलेश्वरटुुडे समाचारदाता
महोत्तरी, ८ जेष्ठ

कोरोना कहर विच प्रदेश सभा सदस्य रानी शर्मा तिबारीले धार्मिक गुरुहरु प्रति सरकार संवेदनशील भएर खोपको व्यवस्था गर्न जरुरी रहेको बताउनु भएको छ ।
महोत्तरीबाट निर्वाचित प्रदेश सभा सदस्य रानी शर्मा तिबारीले समेत धार्मिक गुरुहरु प्रति सरकार संवेदनशील भएर खोपको व्यवस्था गर्न जोडदार माग गर्नुभयो । त्यसैगरी अर्का वक्ताहरुमा सर्लाही जिल्ला समन्वय समिति अध्यक्ष मेथुर चौधरी,माधब नारायण नगरपालिकाको अध्यक्ष रंधिर प्रसाद यादव,रौतहटको गौर नगरपालिकाको उपाध्यक्ष किरन ठाकुर ,गढीमाई नगरपालिकाको मेयर श्याम यादव,सर्लाही हरिपुर नगरपालिकाको मेयर जमिरुद्दिन मंसुरलगायत विभिन्न जिल्लाबाट पालिकाका वडाध्यक्षहरुको उल्लेख्य मात्रामा यस कार्यक्रममा सहभाागिता रहेको थियो । बन्दाबन्दी खुले लगत्तै धार्मिक स्थलमा धेरै ठाउँमा भिडभाड हुने भएका कारण सरकारले खोप लगाउँदा धार्मिक अगुवा तथा पुजारीहरुलाई प्राथमिकता राख्नु पर्ने भन्दै राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल)ले माग गर्दै आएको छ । धार्मिक अगुवाको स्वास्थ्य उपचारका स्वास्थ्य सामाग्री हस्तान्तरण तथा उद्धारमा प्राथमिकता राखेर काम गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ ।धार्मिक क्षेत्रका अगुवा ब्यक्तीहरु पनि उच्च जोखिममा रहने भएका कारण खोप लगाउँदा प्राथमिकतामा राख्नु पर्ने राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल)का अध्यक्ष हर्षबहादुर थापाले बताउनु भएको छ । यस भर्चुअल बैठक कार्यक्रममा कार्यक्रम संयोजक नहिदा बानो ले संयोजन गर्नुभएको थियो भने प्रोग्राम अफिसर आशिष चौधरीले समेत प्राविधिक सहयोग गर्नु भएको थियो ।