कोरोना कहरको विचमा मानवीय क्षति बाहेक कुनै क्षेत्र बढी प्रभावित भएको छ भने ती विद्यालय र यातायात हुन् । अहिलेसम्म यी दुई क्षेत्रहरु पूर्ण रुपमा सरकारबाट बन्द गरिएका छन् । यी क्षेत्रमा आवद्ध रहेका मानव संसाधनहरुको बिचल्ली भएको छ । मानवीय ओसापसार तथा आवातजावत समेत बन्द भएको छ । विद्यालयहरु संचालन नभएर विद्यार्थीहरु पठनपाठ्न गर्न पाएका छैनन् । बन्दाबन्दीको अवस्थामा यातायात व्यवसायीहरुले लिएका ऋणहरुको किस्ता तिर्न सकिएको छैन । गाडीहरु जहातहा अलपत्र पार्किंग गरिएका छन् । यसले गर्दा यातायात क्षेत्रलाई दोस्रो पटक आएको कोरोना महामारीले ध्वस्त पारिदिएको छ । नीजि विद्यालय संचालकहरु समेत अलपत्र परेका छन् । घरभाडा तथा अन्य खर्चहरु समेत व्यवस्थापन गर्न नसकेर यस व्यवसायबाट पिडीत भएर कतिले व्यवसाय गर्न नै छाडिसकेका छन् । विद्यालयहरुले अहिलेसम्म गत वर्षको अभिभावकसँग बाँकी रहेका विद्यालय बक्यौता शुल्क लिन सकेका छैनन् । शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशन तथा किताव किनाउने जिम्मेबारी तथा कार्य गर्न दिए अनुसार अभिभावकहरु यस कुरालाई बुझ्न चाहदैनन् । फलस्वरुप सरकारले लागु गरेको निर्देशन औचित्यहीन देखिन्छ । अब यातायात पछि मापदण्डको साथ विद्यालय खोलिनुपर्छ ।