देशको आर्थिक गतिविधि बढाऊ – Jaleshwortoday

देशको आर्थिक गतिविधि बढाऊ

 ३१ असार २०७८, बिहीबार ०७:१२  
Education

कोरोनाको कारण नेपालको आर्थिक गतिबिधि ठप्प भएको छ । नेपालको चौतर्फी विकास समेत रोकिएर आर्थिक अस्थिरता देखिएको छ । यस परिवेशमा सरकार समेत कामचलाउ भए पछि जनतामा जोखिम बहन गर्ने तथा आर्थिक गतिविधि संचालन गर्ने क्षमतामा समेत ह्रास आएको देखिएको छ । यस प्रतिकुल परिवेशमा यस अस्थिरतालाई नियन्त्रण गर्न अहिले नव प्रधानमन्त्री शेर बहादुर देउवाले विभिन्न आवश्यक रणनीतिहरु अबलम्बन गरेर आर्थिक गतिबिधिलाई गतिशील गर्न अपरिहार्य रहेको देखिन्छ । अहिले कोभिड विरुद्धको खोप नेपाली जनतालाई चाहिएको अवस्थामा अनुदानमा आएको खोपलाई प्राथमिकताको आधारमा अहिलेसम्म खोप नपाएका समुहबाट शुरु गर्न आवश्यक रहेको देखिन्छ । यातायात फाँटफुट संचालनमा आएपनि अव यातायातलाई पनि मापदण्ड अपनाएर लामो दुरीका सबारी साधनलाई समेत नेपाल भरी संचालन गर्न अनुमति दिइनु पर्छ । किनभने यस आर्थिक अस्थिरतालाई नियन्त्रण गर्न सहयोग गर्ने देखिन्छ । त्यसपछि करिब चार महिनादेखि पूर्ण रुपमा ठप्प रहेको नीजि विद्यालयहरुलाई मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा संचालन गर्न अनुमति दिइनुपर्छ । किनभने नीजि विद्यालयले देशको बेरोजगारीको ठूलो हिस्सा समाधान गरेको छ । यसबाट समेत आर्थिक गतिबिधिहरु प्रभावित भएको कारण विद्यालयहरुलाई समेत खोल्नमा ढीलाई नगर्न बुद्धिमानी हुने देखिन्छ ।