विद्यालय संचालन गर्न जरुरी – Jaleshwortoday

विद्यालय संचालन गर्न जरुरी

 ३१ असार २०७८, बिहीबार २३:३२  
Education

करिब ४ महिनाको बन्दाबन्दी पछि साउन पहिलो साता भित्र मापदण्ड अपनाएर भौतिक रुपमा विद्यालय संचालन गर्न जरुरी देखिन्छ । अहिले स्कुले विद्यार्थीहरु विद्यालय जान नपाएर छाडा भएका छन् । अहिले साना विद्यार्थीदेखि ठूला विद्यार्थीहरु समेत अभिभावकको नियन्त्रण भन्दा बाहिर भएका छन् । अभिभावकहरु विद्यालय संचालकहरुलाई विद्यालय संचालन गर्न दबाब दिन थालेका छन् । झन् पढने विद्यार्थीहरु फोन नगरेर विद्यालय कहिले खुल्छ सर ? भनेर सोध्न थालेका छन् । विद्यार्थीहरुका भविष्य चौपट भयो भनेर अभिभावकहरु चिन्तित बन्दै गएका छन्् । भर्चुअल कक्षाहरु त्यति प्रभावकारी नभएको कारण शिक्षणको मुख्य तरिका भौतिक शिक्षण पद्धति नै रहेकोले यसको शुरुवात स्थानिय निकायले गर्न आवश्यक देखिन्छ । स्थानिय निकायलाई केन्द्र सरकारले यस सम्बन्धमा निर्णय लिन अधिकार समेत दिएको हुँदा जिल्लाको सिडिओको रोहबरमा समन्वय गरेर खोल्न सकिने अवस्था देखिन्छ ।
नीजि विद्यालयमा कार्यरत रहेका शिक्षक तथा शिक्षिका आँशिक रुपमा बेरोजगार भएको हुदा दैनिक जिवन यापन गर्न अप्ठयारो भएको छ । घरमा बसेका शिक्षकहरुले अर्काे कुनै काम गर्न नपाएर आर्थिक रुपमा कमजोर भएको देखिन्छ । किनभने अहिले सबै वर्गले जेनतेन काम गरेर गुजारा चलाएको अवस्थामा शिक्षकहरुले केहि गर्न पाएका छैनन् ।