रेललाई सिघ्र संचालन गर्न जरुरी – Jaleshwortoday

रेललाई सिघ्र संचालन गर्न जरुरी

 ४ श्रावण २०७८, सोमबार २२:०४  
Education

नेपालको जयनगर—जनकपुर रेल सेवा संचालनमा अहिलेसम्म ढीलाई रहेको देखिन्छ । भर्खरै हिजो आइतबार गति परिक्षण गरिएको छ । रेल एक त निर्माणमा ढीलाई भयो । त्यस पछि निर्माण पश्चात पनि सो रेल सेवा संचालनमा नल्याएर सुरक्षाको कारण देखाई जयनगरमा थन्काईयो । अहिले रेल सेवाको कर्मचारीहरु सम्पूर्ण भर्ना तथा नियुक्त गरि सकिएका छन्् । तर यातायात मन्त्रालयको मन्त्री नै चयन नभएको कारण यस रेल सेवाको संचालनमा अझै ढीलाई हुने देखिन्छ । तर अब पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन भइसके पछि रेललाई थन्काएर राख्नुको औचित्य देखिदैन । यसको संचालनमा सबै सरोकारबालाहरुले ध्यान दिनु आवश्यक रहेको देखिन्छ । अहिले नव प्रधानमन्त्री शेर देउवाले छिटो छरिटो यातायात मन्त्रीको नियुक्ति गरेर यस रेल सेवाको उद्घाटन गराएर तुरुन्त सेवा सुचारु गराउनु आवश्यक रहेको देखिन्छ ।
रेल सेवासँग जनकपुर लगायत यस क्षेत्रको आर्थिक विकास देखि अन्य क्षेत्रहरु समेत विकसित आशा गरिएका छन् । यस सेवाले नेपाल भारतको सम्बन्ध समेत प्रगाढ हुने देखिन्छ । यस व्यवसायी तथा सामान्य जनतालाई समेत आवतजावत गर्न तथा मालसमानहरु ढुवानी गर्न सस्तो तथा छिटो हुने देखिन्छ । यसले महोत्तरी जिल्ला समेत छुने भएकोले महोत्तरी जिल्लाको समेत आर्थिक देखि अन्य क्षेत्रहरु प्रभावित हुने तथा बृद्धि हुने देखिन्छ । त्यसकारण यसको संचालन सिघ्र हुन जरुरी छ ।