विद्यालय खोलाउन प्रयास गर – Jaleshwortoday

विद्यालय खोलाउन प्रयास गर

 ४ श्रावण २०७८, सोमबार २२:०७  
Education

धनुषा जिल्लाको सिडीओ तथा स्थानिय सरकार निजी विद्यालय संचालन सम्बन्धमा अहिलेसम्म केहि निर्णय नल्याउन सकेको परिवेशमा निजी विद्यालय संचालकहरुको सहकार्य तथा ऐक्यबद्धता जरुरी छ । यसको लागि सिडिओ र स्थानिय सरकारसँग अनुमति लिन जरुरी भइसकेको छ । यसै गरी नेपालको प्रमुख नीजि विद्यालयको संगठन प्याब्सन तथा एनप्याब्सन समेत चुप्पी साधेका छन् । छिमेकी जिल्ला महोत्तरीमा निजी विद्यालयहरु स्वस्फुर्त रुपमा संचालन भइरहे पनि धनुषा लगायत अन्य जिल्लामा विद्यालयहरु बन्द रहनु दुर्भाग्य हो । अहिले स्कुले विद्यार्थीहरु विद्यालय जान नपाएर छाडा भएका छन् । अहिले साना विद्यार्थीदेखि ठूला विद्यार्थीहरु समेत अभिभावकको नियन्त्रण भन्दा बाहिर भएका छन् । अभिभावकहरु विद्यालय संचालकहरुलाई विद्यालय संचालन गर्न दबाब दिन थालेका छन् । झन् पढने विद्यार्थीहरु फोन गरेर विद्यालय कहिले खुल्छ सर ? भनेर सोध्न थालेका छन् । विद्यार्थीहरुका भविष्य चौपट भयो भनेर अभिभावकहरु चिन्तित बन्दै गएका छन्् । भर्चुअल कक्षाहरु त्यति प्रभावकारी नभएको कारण शिक्षणको मुख्य तरिका भौतिक शिक्षण पद्धति नै रहेकोले यसको शुरुवात स्थानिय निकायले गर्न आवश्यक देखिन्छ । स्थानिय निकायलाई केन्द्र सरकारले यस सम्बन्धमा निर्णय लिन अधिकार समेत दिएको हुँदा जिल्लाको सिडिओको रोहबरमा समन्वय गरेर खोल्न सकिने अवस्था देखिन्छ । नीजि विद्यालयमा कार्यरत रहेका शिक्षक तथा शिक्षिका आँशिक रुपमा बेरोजगार भएको हुदा दैनिक जिवन यापन गर्न अप्ठयारो भएको छ । घरमा बसेका शिक्षकहरुले अर्काे कुनै काम गर्न नपाएर आर्थिक रुपमा कमजोर भएको देखिन्छ । किनभने अहिले सबै वर्गले जेनतेन काम गरेर गुजारा चलाएको अवस्थामा शिक्षकहरुले केहि गर्न पाएका छैनन् ।
तसर्थ यस समग्र समस्याहरुको निदानको लागि निजी विद्यालयका छाता संगठनहरु प्याब्सन,एनप्याब्सन,नेपाल प्याब्सन तथा मधेस प्याब्सनले एकत्रित भई स्थानिय सरकार तथा सिडिओ निर दबाब सृजना गर्न सक्नुपर्ने आवश्यकता रहेको देखिन्छ । अहिले यातायात मापदण्ड अपनाएर चलाउन सक्ने अवस्था भएपछि विद्यालयहरु समेत मापदण्डको साथ चलाउन सकिन्छ ।