महोत्तरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम गरियो – Jaleshwortoday

महोत्तरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम गरियो

 ५ श्रावण २०७८, मंगलवार २२:४५  
Vetarinary office

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ श्रावण

महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आ.व. २०७७।०७८ मा संचालन गरेका विभिन्न कार्यक्रमहरुबारे सार्वजनिक सुुनुवाई कार्यक्रम समपन्न गरेको छ ।

No description available.
कार्यालय प्रमुख डा.संजिव कुमार ठाकुरले सो कार्यक्रमको अध्यक्षता गर्दै आ.व.२०७७।०७८ मा संचालन गरिएका विभिन्न कार्यक्रमहरुबारे स्लाईडहरुको माध्यमबाट जानकारी गराउनुभयो । वहाँले यस कार्यालयबाट संचालन गरिएका कृषिजन्य कार्यक्रमहरुबाट जिल्लाभरीका विभिन्न किसानहरु लाभान्वित भएको जानकारी गराउनुभयो ।

No description available.

यस सबै सफलताको पछाडी कार्यालयका कर्मचारीहरुको अथक प्रयास तथा सरोकारबालाहरुको सहयोग रहेको बताउनुभयो । वहाँले केही प्रमुख कार्यक्रमहरु मध्ये ल्याव निर्माण,भैसि ब्लक तथा बंगुर वितरण कार्यहरु कार्यविधि को अभाव र प्राविधिक कारणले गर्न नसकेको र यसबाट करिब ८५ लाखको बजेट फ्रिज भएको दुखेसो समेत बताउनुभयो । आर्थिक पारदर्शिताको सनदर्भमा अषाढ २४ गते भुक्तानीका सम्पूर्ण कार्यहरु समपन्न गराएको तथा २ लाख ३७ हजार गाडी मरम्मत शिर्षकको रकम अनावश्यक खर्च नगरी सरकारलाई फिर्ता गरेको वहाँले जानकारी गराउनुभयो ।

No description available.

त्यसै गरी तेस्रो चौमासिकसम्मको आर्थिक प्रगति ८० प्रतिशत रहेको र वार्षिक प्रगति विवरण निकाल्न बाँकी रहेको लाइभस्टक अधिकृत तथा उद्घोषक अनिल प्रसाद गुप्ताले जानकारी गराउनुभयो । गत आ.व. मा संचालित योजनाहरु पार्दर्शिता,समानुपातिक तथा किसानमूखि ढंगले गरिएको अध्यक्ष ठाकुरले थप्नुभयो । यस कार्यक्रमहरुमा महोँत्तरी जिल्लाका विभिन्न पालिकाहरुले समेत सहयोग गरेकोमा कृतज्ञता ज्ञापन समेत गर्नुभयो । नयाँ आ.व.मा कार्यालयका कार्यक्रमहरुमा पत्रकार महासंघ महोत्तरीसँग समन्वय गर्ने बताउनुुभयो । साथै यस कार्यालयबाट भएका कार्यक्रमहरुबारे जानकारी कार्यालयको वेबसाइट www.vhlsecmahottari.p2.gov.np मा राखिएको बताउनुभयो ।

No description available.
त्यसैगरी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको वरिष्ठ कृषि अर्थ विज्ञ तथा कार्यक्रमको प्रमुख अतिथि ललन कुमार सिंहले यस किसिमको कार्यक्रम यस जिल्लामा पहिलो पटक भएको र यो कार्यक्रम प्रसंशनिय रहेको बताउनुभयो । वहाँले यस कार्यालयले यस वर्ष आफ्नो कार्य प्रगतिका कारण नेपाल भरीमा प्रथम स्थान ओगट्न सफल भएकोमा बधाई समेत दिनुभयो । वहाँले यसै प्रगतिको कारण कार्यालयको काममा सहयोगको लागि एउटा चार चक्के गाडी उपलब्ध गराइएको र थप एउटा एम्बुलेन्स पनि यस आ.व.मा उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा पशुपंछी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधाम, महोत्तरी जिल्लाका सबै स्थानिय तहहरु,जिल्ला प्रशासन कार्यालय महोत्तरी,को.ले.नि.का.जलेश्वर,कृषि ज्ञान केन्द्र,विउ बिजन कार्यालय,पत्रकार महासँघ जलेश्वरलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको थियो । कार्यक्रममा यस कार्यालयका कर्मचारीहरु,पत्रकार, शिवशंकर पाण्डे,देवनाथ सिंह लगायतका कृषकहरुका उपस्थिति समेत रहेको थियो ।