जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ श्रावण
नेपाल सद्भावना पार्टीले अभिभावक विहिन मधेशी लगायत उत्पीडित जनताको हक अधिकारको लागि पुनः यस पार्टिको स्थापना गर्नु परेको बताइएको छ ।
साउन ६ र ७ गते जनकपुरधामको सितामति सेवा सदनको सभाहलमा बसेको पार्टीको केन्द्रीय कार्य समितको बैठकले मधेशी लगायत उत्पीडित समुदायको हक अधिकारका लागि संघर्षरत सबैलाई नेपाल सद्भावना पार्टी पञ्जा छापको झण्डा मुनी आउन आह्वान गर्दै चार बुँदामा विभिन्न विषयमा निर्णय गरेको छ ।
पार्टीका उक्त निर्णयहरू केन्द्रीय सहमहासचिव नागेन्द्र सिंहले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजानिक गरेका छन् ।
सहमहासचिव सिंहद्वारा जारी प्रेस विज्ञप्तीमा निर्णयको पहिलो बुँदामा भनिएको छ– वि.सं. २०४७ साल बैशाख ३ गते स्व.गजेन्द्र नारायण सिंह ज्यूको नेतृत्वमा गठित नेपाल सद्भावना पार्टी मधेशी, आदिवासि जनजाती, थारु, दलित, मुस्लीम, पिछडावर्ग, लगायत उत्पीडित समुदायको हक अधिकारको लागि संघर्षरत रही
उत्पीडित समुदायको पार्टी नेसपा पंजा छापको रुपमा देश तथा विदेशमा स्थापित पार्टी गजेन्द्र नारायण सिंह स्वर्गवास पछि अभिभावक विहिन मधेसी लगायत उतपीडित जनताको हक अधिकारका लागि पूनः नेपाल सद्भावना पार्टीको स्थापना
भई निर्वाचन आयोगको मिति २०७८ असार २७ गतेका निर्णय अनुसार पंजा छाप चुनाव चिन्हको समेत अधिकारिकता प्राप्त भई सकेकाले समपूर्ण मधेसी लगायत
उत्पीडित जनसमुदाय र उत्पीडित जनताको हक अधिकारका लागि संघर्ष गर्ने महानुभावहरुमा पूनः नेपाल सद्भावना पार्टी पंजा छापको झण्डा मुनी आउन आवाहनसहित हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले केन्द्रीय समितिमा सिताराम पौदार वरिष्ठ उपाध्यक्ष(सुनसरी),भरत प्रसाद साह सहमहासचिव(सिरहा),रविन्द्र चौधरी(राजेश)सह—महासचिव (महोत्तरी),सत्यनारायण साह सचिव(सुनसरी),पवन कुमार साह
प्रवक्ता(महोत्तरी),विरेन्द्र कुमार महतो के.सदस्य(धनुषा),राधेश्याम ठाकुर के.सदस्य(सुनसरी) र त्यसैगरी सम्पादन समितिमा श्रीवति भेडिहर
सदस्य,नागेन्द्र सिंह सदस्य सचिव,भरत प्रसाद साह सदस्य,पवन कुमार साह सदस्य ,फुलप्रास देवी सदस्य र राम विलास प्रसाद कुशवाहा सदस्य गरेको मनोनित अनुमोदन गर्ने निर्णय समेत गरेको विज्ञप्तीमा उल्लेख छ । सोहि विज्ञप्तिमा पार्टिका केन्द्रिय प्रवक्ता सत्यनारायण प्रसाद रौनियारको धर्मपत्नी इसमति देवी क्यान्सर रोगबाट ग्रसित भई वि.पि.क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत रहेकोले वहाँको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।