मधेसको नेतृत्व सन्तुलन जरुरी – Jaleshwortoday

मधेसको नेतृत्व सन्तुलन जरुरी

 ११ श्रावण २०७८, सोमबार २३:२५  
Education

यतिबेला मधेसको नेतृत्व सन्तुलनको आवश्यकता रहेको देखिन्छ । स्व.गजेन्द्र नारायण सिंहको बाटो अबलम्बन गरेर मधेस र मधेसीको विश्वास जित्न सफल दिग्गज मधेसी पार्टि जसपा अहिले एक्लो उपेन्द्र यादवले नेतृत्वको जिम्मेबारी पाउन सफल भएका छन् । तर ज्येष्ठ तथा अनुभवि मधेसी नेता महन्थ ठाकुर तथा राजेन्द्र महतो अहिले जसपाबाट निकालिएका छन् । यस नेक काममा निर्वाचन आयोगले सघाएको छ । ठाकुरले आफ्ना अति विश्वासी पार्टिको सदस्य मनिष सुमनलाई समेत गुमाएका छन् । यादव पक्षधर देउवासँग सरकारमा जाने बाटोमा रहेको पक्का भएको छ ।

May be an image of motorcycle and text that says 'YAMAHA RevYourHeart JAPANESE INNOVATION SHRAWAN 10 to 15 exchange & upgrade TO FI TECHNOLOGY CARBURETOR छोडौ, FI चढौं GUARANTEED ADDITIONAL RS. 15,000/- ON TOP MARKET VALUATION ANY BRAND, ANY CONDITION- RALEE RET YAMAHA Rs.8,000/-DISCOUNT 0% INTEREST LOW EMI DOWNPAYMENT MAIN CHOWK, JALESHWOR JALESHWORNATH AUTOMOBILES 9817119798 9801665811'

अव ठाकुरलाई कि त यादव पक्षधरसँग एकता गर्न विकल्प रहेको छ कि त अर्कै पार्टि संचालन गर्न विकल्प रहेको छ । यदि ठाकुरले नयाँ पार्टि दर्ता गर्छन भने साँसद पद खत्म हुने छ । यतिबेला ठाकुरलाई ज्यादै नै चिन्तन गरेर निर्णय गर्न जरुरी देखिन्छ । राजेन्द्र महतोले जनतासँग मिलेर निर्णय गर्ने बताएका छन् । जे होस् मधेसी नेतृत्वको सन्तुलन अहिले बिग्रेको छ । अहिले पदीय लोभको कारण सँगै क्रान्तिमा सहभागी भएका मधेसी दिग्गज नेताहरु बिभाजित हुँदा यसले मधेसी जनताको विश्वास खस्किएको छ । स्व.गजेन्द्र नारायण सिंहको बाटो बिराएर नेपाल सद्भावना पार्टिको अस्तित्व नै सखाप पारेर मधेसीहरुको हक हितलाई थाति राखेर आफू अवसरबादी सरकारको पछाडी पर्नुको नतिजा हो अहिले नेतृत्व असन्तुलन । मधेसी नेताहरुमा दुरदर्शिता मौलाउदै गएको महसुस भएको छ । यस कारण अहिले मधेसी जनसमुदायले नयाँ अनुहार तथा नयाँ पार्टिको पर्खाईमा रहेको छ जसले सन्तुलन गर्न सकोस्।