दोषिलाई कारबाही होस् – Jaleshwortoday

दोषिलाई कारबाही होस्

 १६ श्रावण २०७८, शनिबार २३:३९  
Education

धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमै फेरी एक जना दलितको मृत्यु भएको छ । मृत्यु हुनेमा पल्टु भनिने रवि दास हुन् । उनलाई प्रहरीले घरायसी भाई—भाई विचको झगडाको कारण समातेर थुनुवामा राखेका थिए । उनलाई जमानतमा छोडनको लागि २ लाख रुपैया माग गरे अनुसार दास परिवारले सो रकम जम्मा गर्न सकेका थिएन । गत शुक्रबार नै उनको शव शौचालयमा झुण्डीरहेको अवस्थामा फेला परेका थिए । यस अघि पनि धनुषा जिल्लाकै अर्काे दलितको शौचालयमा झुण्डीएर मृत्यु भइसकेको छ । वास्तवमा के सो शौचालयको राज ? अवश्य नै यो अध्ययन र अनुसन्धानको विषय बनेको छ । धनुषा जिल्ला प्रहरी कार्यालय धनुषा जिल्लाकै सुरक्षा व्यवस्थाको लागि व्यवस्थापन गरिएका छन् । एक जनाको जिवनको रक्षा गर्न असक्षम देखिएको धनुषा जिल्ला प्रहरी कार्यालय अहिले शंकाको घेरामा पर्नु स्वाभाविक देखिन्छ । घर परिवारको अनुसार दासको मृत्यु होइन हत्या गरिएको अभियोग रहेको छ । यस अघि पनि अर्काे झुण्डिएर मृत्यु भएको परिवारको समेत यस्तै अभियोग रहेको थियो । मृतकको शवको परिक्षण गरिनुपर्छ ताकी मृतकको हत्या हो वा आत्महत्या हो सो प्रष्टसँग बुझ्न सकियोस्् । पिडीत परिवारलाई न्याययोचित ढंगले संतुष्टि दिलाउन आवश्यक छ । प्र्रहरीको २४ सौ घण्टा निगरानी रहेको परिवेशमा दासको मृत्यु हुनुु आश्चर्यको घट्ना रहेको बुझिन्छ । पासो लगाउनमा समय लाग्ने भएकोले दासलाई त्यतिबेला खोजविन नगर्नाले यो घट्ना भएको बुझिन्छ । यस गल्ती धनुषा जिल्ला प्रहरी कार्यालयको समेत रहेको कारण दोषि पत्ता लगाई कडा कारबाही गरिनुपर्छ ।