मुरारी लाल कर्णको अध्यक्षतामा १३ सदस्ययी धनुषा जिल्ला कार्य समिति विस्तार – Jaleshwortoday

मुरारी लाल कर्णको अध्यक्षतामा १३ सदस्ययी धनुषा जिल्ला कार्य समिति विस्तार

 १६ श्रावण २०७८, शनिबार २३:४३  

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ श्रावण

नेपाल सद्भावना पार्टिको केन्द्रिय कार्यालय जनकपुरधाममा मुरारी लाल कर्णको अध्यक्षतामा गठीत १३ सदस्ययी धनुषा जिल्ला कार्य समितिको विस्तार गरिएको छ ।

May be an image of 3 people and people standing

सो विस्तारित समितमा उपाध्यक्षमा आशिष गुप्ता र बुधन साह,सचिवमा पुरुषोत्तम साह र सदस्यहरुमा श्रीकृष्ण मण्डल,राम सतिश कुमार साह,रंजीत कुमार राम,रफिक बैठा,विष्णु कुमार प्रसाद राउत,अनिल कुमार रजक,बिजेन्द्र कुमार पासमान,रामशंकर महरा र मुकेश कुमार पँजियार सर्वसम्मतिले चयन गरिएका छन् ।

May be an image of 15 people, including Birendra Mahato and Nagendra Singh, people standing and indoor

यसरी कार्य समिति चयन पछि अध्यक्ष कर्ण लगायत सबै कार्य समितिका सदस्यहरुले आ—आफ्नो जिम्मेबारी ईमानदारीको साथ देशको सेवा तथा पार्टिको सेवामा समर्पित गर्ने दृढता व्यक्त गर्नुभयो ।

May be an image of 5 people, people sitting and indoor

त्यसैगरी ने.स.पा.राष्ट्रिय अध्यक्ष राम कुमार महतो, केन्द्रिय महासचिव नागेन्द्र सिंह,सहमहासचिव रविन्द्र चौधरी (राजेश),प्रवक्ता पवन कुमार साह र नेपाल युवा मञ्चको प्रदेश २ संयोजक राज कुमार चौधरीर्ले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

No description available.

मनोनित पदाधिकारीहरुलाई राष्ट्रिय अध्यक्ष महतोले टीका र माला लगाई सम्मान गर्नुका साथै प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

May be an image of 2 people and people standing

त्यसैगरी गत शुक्रबार रा. अध्यक्ष महतोले महोत्तरी जिल्लाको संयोजकमा देवेन्द्र कापरलाई मनोयन गरी टीका तथा माला लगाई सम्मान गर्नु भएको थियो । संयोजक कापरले आफूले राजनीतिमा धेरै समय देखि लागेको कारण यस नेपाल सद्भावना पार्टिको विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

May be an image of text