कोरोना खोपको मांग पुरा गर – Jaleshwortoday

कोरोना खोपको मांग पुरा गर

 १८ श्रावण २०७८, सोमबार २२:४४  
Education

अहिले कोरोनाको खोपको आवश्यकता सबैतिर रहेको देखिएको छ । विभिन्न स्थानिय निकायले वडा कार्यालयको मार्फत खोपको व्यवस्थापन गरेको देखिएको छ । तर अहिले खोप चाहि ५० वर्षदेखि ५४ वर्षका मानिसलाई मात्र सो खोप लगाइएको बुझिएको छ । अर्थात त्यस भन्दो अघि वा पछि उमेरका व्यक्तिका लागि कोरोना खोपको व्यवस्थापन नभएर जनता शंका तथा चिन्तामा देखिएका छन्् । यति मात्र होइन पहिलो पटक खोप लगाएका व्यक्तिहरुले दोस्र्रो डोज अहिले सम्म नपाउदा झन् चिन्तित बनेका छन् । त्यसकारण यी सम्पूर्ण समस्याहरुको समाधानको लागि स्वास्थ्य मन्त्रालयले जिम्मेबारी लिई सिघ्र व्यवस्थापन गर्न आवश्यक छ । अहिले वडा कार्यालय मार्फत दिइने खोपहरुको दुरुपयोग पनि भएको बुझिएको छ । अर्थात लक्षित उमेरका व्यक्तिहरुलाई खोप नदिएर कम उमेरका नाता गोता पर्ने व्यक्तिहरुले लिने गरेको आरोप समेत लागेको अवस्थामा यसको अनुगमन सूक्ष्म तरिकाले गरी यसको नियन्त्रण गर्न आवश्यक छ । त्यसै गरी शिक्षक समुह, मजदुर समुह,धार्मिक गुरु तथा सहयोगीहरु,व्यवसायीहरु,दलित,पिछडावर्ग जातिहरु समेत अहिले सम्म खोप नपाएकोले यसको सिघ्र आपूर्ति गर्न लगाई जनतालाई सुरक्षित राख्नमा सहयोग गर्न आवश्यक छ । अहिले बच्चाहरुलाई लक्षित गरी भाइरसको संक्रमण हुने खतराबारे स्वास्थ्य निर्देशनालय तथा मन्त्रालयले जानकारी गराएको अवस्थामा बच्चाहरुको लागि पनि विदेश झै खोप वा औषधीको व्यवस्था सरकारबाट हुनु पर्दछ । किनभने अन्य उमेर समुहको स्वास्थ्यको सुरक्षा गरे झै बच्चाको लागि व्यवस्था गर्नु आवश्यक छ ।