जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ श्रावण
जनकपुरधाममा आइतबार गायत्री कुञ्जको सभा हलमा आयोजित मगही दर्पण स्मारिका बिमोचन कार्यक्रमको प्रमुख आतिथ्य स्वीकार गर्दै प्रदेश नं.२ को
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मगही भाषाको अन्त्य गर्न षडयन्त्र भएको बताउनुभयो ।
यस कार्यक्रममा स्वागत मन्तब्य म.फा.उपाध्यक्ष भुवनेश्वर महतोले राख्नुभएको थियो । कार्यक्रम शहिदहरु प्रति १ मिनेटको मौन धारण गरेर औपचारिक रुपमा संचालन गरिएको थियो भने प्रमुख अतिथि मन्त्री साहद्वारा फ््लेक्समा लेखिएको शब्दहरु पढेर विधिवत रुपमा कार्यक्रम अगाडी बढाइएको थियो ।
मगही दर्पण स्मारिका कितावको विमोचन प्रमुख अतिथि लगायत मञ्चमा आसिन अतिथिहरुले कितावको अनावरण गरेर गर्नुभयो । कार्यक्रममा सो स्मारीका ५० वटा भन्दा बढी निशुल्क वितरण गरिएको थियो । डेस्कमा आसिन अतिथिहरुलाई ब्याच तथा मगही गमछा लगाएर सम्मान गरिएको थियो ।
सो कार्यक्रममा मन्त्री यादवले प्रदेश नं. २ मा ९८ प्रतिशत मगही र २ प्रतिशत मात्र मैथिलि भाषाको प्रयोग भएको बताउनुभयो । मगही भाषा तथा साहित्यको विकासको लागि मगही अभियन्ताहरुले मिहिनेत गर्न जरुरी छ भने संचार मन्त्रालयको कोषबाट यस भाषाको उत्थानको लागि सहयोग गर्ने बताउनुभयो । वहाँ मगही भाषाको विकासको लागि तथ्याँक पूर्ण रुपमा नेपाल समक्ष जानको लागि यस पालिको जनगणनामा भाषा कलममा मगही लेख्न जानकारी गराउनु भयो ।
बक्ताहरुमा डा. रामस्वार्थ राय,डा.चन्देश्वर साह,सन्त आलोकले मगहीबाट अन्य भाषाको विकास भएको हो । यो पुरानो भाषा हो बताउनुभयो ।ओविसि अध्यक्ष महतोले समाजिक विकास मन्त्रालयले ओविसि उत्थान समिति स्थापना गरे पनि आफूहरुलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । त्यसैगरी म.फा.अध्यक्ष्ाँ महतोले मगही सम्पूर्ण साथीहरुलाई बधाई तथा प्रगतिको कामना गर्नु भयो । कार्यक्रमको अध्यक्षता मगही फाउण्डेशको अध्यक्ष वीर बहादुर महतोले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा मगही फाउण्डेशको उपाध्यक्ष भुवनेश्वर महतो,डा.रामस्वार्थ राय,डा.चन्देश्वर साह,ओविसि पिछडावर्ग महासभाको अध्यक्ष रराम कुमार महतो,सचिव विनोद कुमार महतो,कविर सन्त आलोक,आसमान नेपाल प्रतिनिधि उमेश मण्डल,फुलगेन मगही,मगही गायक श्याम यादव लगायत विभिन्न क्षेत्रका बुद्धिजिवि,कवि,सुरक्षाकर्मी,पत्रकार गरी सयौ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुललाई प्रशंसा पत्र प्र्रदान गरिएको थियो भने मगही सदस्यहरुलाई समेत प्र्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको उद्घोषण मगही फाउण्डेशनको सदस्य किरण साहले गर्नु भएको थियो ।