जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ श्रावण
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन् । यादवले भदौ १ र २ गतेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । तत्कालिन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएपछि ८०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । केन्द्रीय कमिटी गठन भएपनि बैठक बसेको थिएन ।
केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा पनि पठाइएको थिएन । अहिले यादवले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि केन्द्रीय समितिको पहिलो बैठक बोलाएका हुन् । यसैबीच अधिकारितामा पाएपछि यादवले केन्द्रीय कमिटीलाई अध्यावधिक गर्न लागेको बताइएको छ । सो कार्यका लागि उनले केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेका छन् ।