
अहिले स्थानिय स्तरमा विभिन्न पालिकाहरुमा श्रावण २५ देखि २७ सम्म कोरोना खोप दिइने छ । विभिन्न स्थानिय निकायले वडा कार्यालयको मार्फत खोपको व्यवस्थापन गरेको देखिएको छ । तर अहिले खोप चाहि ५० वर्षदेखि ५४ वर्षका मानिसलाई मात्र सो खोप लगाइएको बुझिएको छ । १८ वर्ष उमेर देखि माथि उमेर सम्मको व्यक्तिले कोरोना खोप लगाउन सक्ने व्यवस्था मिलाउनुपर्छ । यो खोेप लिनको लागि स्वास्थ्य संस्था वा तोकिएको ठाउँमा गएर लाइनमा व्यवस्थित तरिकाले आफू पनि लिउ र अरुलाई पनि सहयोग गर्नुपर्छ । आफ्नो ठाउँ तथा समाजमा कोहि पनि यो खोप लिनबाट छुट्नु भएन । यसको लागि नबुझेका व्यक्तिहरुलाई राम्रो बुझाउनमा समेत सहयोग गर्न जरुरी छ । जनकपुर क्षेत्रमा नीजि विद्यालयहरुको शिक्षक तथा शिक्षिकाहरुका लागि जनकपुर तोकिएको विद्यालयमा खोप केन्द्र कायम गरिएकोले सम्बन्धित शिक्षकले आफ्नो विद्यालयमा सम्पर्क गरी यो खोप लिन आवश्यक रहेको देखिन्छ । अहिले बच्चाहरुलाई लक्षित गरी भाइरसको संक्रमण हुने खतराबारे स्वास्थ्य निर्देशनालय तथा मन्त्रालयले जानकारी गराएको अवस्थामा बच्चाहरुको लागि पनि विदेश झै खोप वा औषधीको व्यवस्था सरकारबाट हुनु पर्दछ । किनभने अन्य उमेर समुहको स्वास्थ्यको सुरक्षा गरे झै बच्चाको लागि व्यवस्था गर्नु आवश्यक छ । यसले बालबालिकाको स्वास्थको रक्षा हुने देखिन्छ ।