
जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ श्रावण
जनकपुरधामको सिताशरण होटलको बैंक्वेट हाँलमा सोमबार निरन(राष्ट्रिय अन्तरधार्मिक संजाल) नेपाल र वल्र्ड भिजनको सहकार्यमा ३ दिने तालिमको विधिवत रुपमा संचालन गरिएको छ । महोत्तरी,सर्लाही र रौतहटका धर्मगुरुहरुलाई लक्षित गरी सबल विश्वव्यापि दृष्टिकोण सम्बन्धि तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक शेख नाहिदा बानोले बताउनुभयो । हिन्दु,मुस्लिम तथा क्रिश्चियन धर्म गुरुहरुबाट पालै पालै प्रार्थना गराई कार्यक्रमको शुरुवात गरिरएको थियो । निरन नेपालको अध्यक्ष हर्ष थापाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । पहिलो दिनको तालिममा वर्कशाँप ओभरभ्यू,ईडब्लुभि,ईडब्लुभिको कम्पोनेन्टस मध्ये आईडेन्टिटि र भिजन भन्नेबारे विभिन्न माध्यमबाट हिन्दु,मुस्लिम तथा क्रिश्चियन धर्म गुुरुहरुलाई विस्तृत रुपमा जानकारी गराइयो । हामी को हौ ? र हाम्रो दूरदृष्टि के हो ? भन्ने सम्बन्धमा विभिन्न धर्मग्रन्थ अनुसारको विचार राखिएको थियो । दुरदृष्टि सम्बन्धमा राम्रो समाजको परिकल्पना गरिएको थियो । कार्यक्रममा डा. मिकरानी,डा.नम्रता पाण्डे,शेख नाहिदा बानो र वल्र्ड भिजनका तेजेन्द्र मगरले प्रशिक्षण गर्नुभएको थियो । तालिम क्रियाकलापमुखि तथा मनोरञ्जनात्मक बनाइएकोले धर्मगुरुहरुले औधि मन पराउनु भएको थियो । तालिममा सचेतकको जिम्मा लक्ष्मी पासमान,व्यवस्थापकको जिम्मा जमुना साह र मनोरञ्जनको जिम्मा पास्टर अजय चौधरीलाई दिइएको थियो । तालिममा प्राविधिक तथा विविध सहयोग प्रो.अफिसर आशिश चौधरी र दिपक कुमारले गर्नु भएको थियो ।
तालिमको मध्य भागमा अध्यक्ष थापा र पास्टर चौधरीको टिमको क्रमशःः कविता र प्रार्थना प्रस्तुतिले सबैको मनलाई तानेको थियो । तालिममा ४० भन्दा बढी धर्मगुरुहरुको सहभागिता रहेको थियो ।