जनकपुरको राजर्षि जनक विश्व विद्यालयका प्राध्यापकहरु करार नियुक्तिको मांग राखि आन्दोलित – Jaleshwortoday

जनकपुरको राजर्षि जनक विश्व विद्यालयका प्राध्यापकहरु करार नियुक्तिको मांग राखि आन्दोलित

 २६ श्रावण २०७८, मंगलवार ०१:१७  
Birodh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ श्रावण
जनकपुर स्थित राजर्षि जनक विश्वविद्यालय क्याम्पसका प्राध्यापकहरु आन्दोलित भएका छन् ।स्थापनाकालदेखि नै पढाउँदै आएका शिक्षकहरूले आन्तरिक प्रक्रियाबाट करार गरिनुपर्ने माग राख्दै आइतबारदेखि आन्दोलनमा उत्रेका हुन् । चार महिनादेखि आकरार नियुक्त गर्न माग गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेको प्राध्यापकहरुले बताएका छन् ।पहिलो चरणको आन्दोलनअन्तर्गत निधारमा कालोपट्टी बाँधेर अनलाइन कक्षा लिइएको शिक्षक संघका उपाध्यक्ष शम्भू पोखरेलले बताए । साउन २९ गतेभित्र आफूहरूका माग पूरा नभए आन्दोलनलाई जारी राख्ने चेतावनी उनीहरूको छ । यहाँ २७ दरबन्दी खाली रहेको र ती दरबन्दीमा करारमा आफूहरूलाई नियुक्त गर्न आन्दोलनरत पक्षले माग गरेको छ । करार नियुक्त गरिएमा आफूहरूले धेरै समय दिन सक्ने र पठनपाठन राम्रो हुने पनि उनीहरूले बताउने गरेका छन्। उपकुलपति भरत झा र रजिष्ट्रार महेन्द्र यादवको पदावधि अगामी पुससम्म मात्र छ। शिक्षकहरूले आफूहरू निजी क्याम्पस छाडेर सेवा गर्न आएको बताएका छन्। क्याम्पस प्रमुख बिनोद कर्णले खास विषय पठनपाठनका लागि करारमा मात्रै शिक्षक राख्ने गरिएको बताउँदै करारमा शिक्षक नियुक्त गर्न आफूले नसक्ने र त्यो अधिकार केन्द्रीय कार्यालय कार्यकारिणी परिषदलाई भएको बताए ।