धर्मगुरुहरुलाई पनि खोजौं – Jaleshwortoday

धर्मगुरुहरुलाई पनि खोजौं

 २७ श्रावण २०७८, बुधबार ००:५६  
Education

हाम्रो नेपाली समाज आस्था,धर्म,संस्कृति तथा परम्परामा आधारित छन् । हाम्रो धर्मगुरुहरु समाजको अनुशासन तथा आस्थाका केन्द्र हुन जसले समााजको विकास गर्नमा अग्र्रसर हुन्छन् । समाजमा जति पनि धर्महरु छन्् सबैले मानवलाई सत्कर्म गर्न सिकाउछ । कुनै पनि धर्मले समाजिक भेदभाव तथा असमानताको कुरा गर्दैन । धर्मगुरुहरुमा पंडीत,मौलाना,पास्टर लगायत अन्यले आफ्नो समुदायका व्यक्तिहरुलाई धर्मशास्त्र अनुसार हिड्न सिकाउँछन् । हाम्रो समाजमा देखिएका मेयर,उपमेयर,वडाध्यक्ष,मन्त्री,प्रधानमन्त्री,चिकित्सक, वकिल ,ईन्जिनियरदेखि अन्य पेशाका व्यक्तिहरुले विभिन्न धार्मिक कार्यमा धर्मगुरुहरुलाई नै खोज्ने गर्छन् । तर स्थानिय निकाय,प्रदेश सरकार तथा संघिय सरकारले हाम्रो देशको लागि नीति तथा कार्यक्रम र बजेट निर्धारण गर्दा धर्मगुरुहरुलाई खोजेका हुदैनन् । के वहाँको जति समाज सुधार तथा विकासमा ज्ञान छ,के धर्म गुरुहरुमा छैनन् त ? पक्कै पनि धर्मगुरुहरुसँग समाजलाई अनुशासित तथा सबल पार्न दूरदृष्टि,करुणा,सम्बन्ध विस्तार गर्ने कला तथा व्यवहारिक ज्ञान हुन्छ । त्यसकारण धर्मगुरुहरु पनि समाजका सचेतक तथा संरक्षक भएकोले जनि देश चलाउने प्रधानमन्त्रीको महत्व छ,त्यति नै धर्मगुरुहरुको पनि भएकोले अव विभिन्न कार्यक्रमहरुमा विभिन्न धर्मका गुरुहरुलाई समेत निमन्त्रणा गरेर बोलाउनुपर्छ । हाम्रो समाज सुन्दर,शान्त र वैभवशाली बन्छ ।