
कोरोना भाइरसको संक्रमणले अहिले एउटा ठूलो संकट देखा परेका छन् । हाम्रो लागि यो संकट कुनै नयाँ होइन । प्राचीन कालमा समेत यस्ता बिफर,औलो,क्षयरोग,भुईकम्प जस्ता प्राकृतिक संकटहरु मानव जातिले खेपिसकेका छन् । यिनीहरु प्रति मानव जातिले सफलता समेत पाईसकेका छन् । त्यसैगरी कोरोना भाइरसलाई जित्नको लागि यस सम्बन्धि आवश्यक सचेतनालाई कार्यान्वयन गर्न जरुरी छ । आफ्नो ठाउँबाट उपलब्ध खोप पनि समयमै लिन आवश्यक छ । किनभने विना खोप हामी सुरक्षित छैनौं । अब शिक्षकहरु लगायत विभिन्न पेशाका व्यक्तिहरु कोरोना खोप लगाई सकेका छन् । संकटदेखि हामी भाग्न सक्दैनौं । त्यसलाई हामीले सामना गर्न तथा व्यवस्थापन गर्न जान्नुपर्छ अनि मात्र हामी हरेक तबरले सफल रहन्छौं । अहिले हरेक निकाय तथा पेशाकर्मीहरु आफ्नो पेशामा लागि सकेका छन् । तर शिक्षकहरु अहिले पनि आफ्नो विद्यालय फर्किन सकेका छैनन् । यसको जिम्मेबारी कसले लिने त ? पक्कै पनि यसको व्यवस्थापन गर्न सरकारले स्थानिय निकायलाई दिएको छ । त्यसकारण संकट व्यवस्थापनमा समस्या लागेको अवस्थामा संकट व्यवस्थापन तथा सल्लाहकार समिति बनाएर शैक्षिक संस्थाहरु खोल्न अव ढीलो गर्नु देश र विद्यार्थीहरु प्रति अन्याय हुने छ । जनप्रतिनिधिले जोखिम बहन गर्न अग्र पँक्तिमा उभिनु जरुरी छ । जोखिम तथा संकटलाई व्यवस्थापन गर्न सक्नु पनि नेतृत्वकर्ताको गुण हो ।