कोरोना कालमा बच्चा टिप्स् – Jaleshwortoday

कोरोना कालमा बच्चा टिप्स्

 २९ श्रावण २०७८, शुक्रबार २२:२८  
Education

१. बच्चाको साथी बनौं
बच्चाका लागि अभिभावकले साथीको भूमिका पनि खेल्नुपर्छ । उनीहरुसँग बातचित गर्ने, खेल्ने, हाँस्ने, कार्टुन हेर्ने, रमाउने गर्नुपर्छ । यसले गर्दा बच्चाहरु अभिभावकसँग घुलमिल हुन्छन् । उनीहरुले एक्लो अनुवभ गर्दैनन् ।
२. प्रोत्साहित गरौं
बच्चालाई शारीरिक तथा मानसिक रुपमै बलियो बनाउनुपर्छ । यसका लागि उनीहरुलाई सन्तुलित खानपानको त आवश्यक हुन्छ नै, प्रोत्साहनको पनि । बच्चालाई सानोतिनो कामका लागि प्रोत्साहित गर्नुपर्छ । हौसला दिनुपर्छ । उनीहरुले कहिले पनि आफुलाई कमजोर ठान्नु नपरोस् । अपहेलित अनुभव गर्न नपरोस् । बच्चाले राम्रो काम गर्ने प्रयास गर्छ भने उनीहरुलाई थप हौसला दिनुपर्छ । यसले उनमा आत्मामनोबल त बढ्छ नै, नराम्रो काम गर्नु हुँदैन भन्ने बोध पनि हुन्छ ।
३. बच्चालाई सुनौं
अक्सर अभिभावक के ठान्छन् भने बच्चासँग कुराकानी गर्नु आवश्यक छैन । बच्चाहरु आफै खेलिहाल्छ । तर, बच्चासँग कुराकानी गर्ने, उनीहरुको भावना बुझ्ने, इच्छा बुझ्ने प्रयास गर्नुपर्छ । हुनसक्छ, उनीहरु आफुलाई खुलस्त रुपमा व्यक्त गर्न सक्दैनन् । यद्यपी केहि कुरा गर्न खोजिरहेका हुन्छन् । यसका लागि अभिभावकले उनीहरुसँग मित्रवत् व्यवहार गर्नुपर्छ ।
४. तुलना नगरौं
धेरै अभिभावकले गर्ने गल्ती हो, आफ्नो बच्चालाई अरुसँग तुलना गर्ने । फलानो बच्चा यस्तो छ, यसरी पढ्छ, यसरी होमवर्क गर्छ, यसरी सफासुग्घर बस्छ, यति ज्ञानी छ, यति सिपालु छ । यसले बच्चालाई प्रेरित गर्दैन, बरु हतोत्साही गर्छ । किनभने कुनै बच्चासँग अर्को बच्चा तुलना हुनै सक्दैन । एउटा बच्चाले पढाईमा राम्रो अंक ल्यायो भने, अर्को बच्चाले पनि उत्तिनै ल्याउनुपर्छ भन्ने छैन । अर्को बच्चा चित्रकलामा अब्बल हुनसक्छ । गाउनमा सिपालु हुनसक्छ । कुनैपनि बच्चालाई अर्कोसँग तुलना गर्नु अभिभावकको सबैभन्दा ठूलो मूर्खता हो । संसारमा सबैमा एउटै गुण हुँदैन ।
५. बच्चाको क्षमता चिनौं
आफ्नो बच्चाले पढाईमा राम्रो गरेन भनेर धेरै अभिभावक गुनासो गर्छन् । जबकी त्यही बच्चाको अर्को के खुबी छ भन्ने कुरा खोज्ने काम गरिदैन । हरेक बच्चाको आ–आफ्नै क्षमता, खुबी हुन्छ । त्यसलाई चिन्नुपर्छ । बच्चाको क्षमता जे कुरामा छ, त्यसैमा प्रोत्साहित गर्नुपर्छ । बच्चाको उज्वल करियरका लागि पढाइमा धेरै अंक हासिल गर्नुपर्छ भन्ने पुरातन र अवैज्ञानिक मान्यतालाई त्यागौं । बरु, उनीहरुको क्षमता पहिचान गरेर त्यसलाई गोडमेल गरौं ।