सर्बपक्षीय बैठकबाट राय लिऊ – Jaleshwortoday

सर्बपक्षीय बैठकबाट राय लिऊ

 ३० श्रावण २०७८, शनिबार २३:४७  
Education

करीब पाँच महिनादेखि बन्द रहेको नीजि तथा सरकारी विद्यालयका कारण अहिले विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेलिएको छ । विद्यार्थीहरु घरमा अनियन्त्रित भई विभिन्न मोबाइल खेलमा रमिएका छन् । जसले गर्दा उनिहरुको पठ्नपाठ्न नराम्ररी प्रभावित भएको छ । अहिले अभिभावक तथा विद्यार्थीहरु विद्यालय भौतिक रुपमा संचालन गर्नुपर्ने दबाब विद्यालयहरुलाई दिइरहेका छन् । किनभने अनलाइन शिक्षण विधिप्रति विद्यार्थी तथा अभिभावकको असन्तुष्टि रहेको छ । त्यसैगरी प्याब्सन,एनप्याब्सन,नेपाल प्याब्सन तथा मधेस प्याब्सनले समेत पटक—पटक विद्यालय खोलाउनु पर्ने माँग गरिसकेका छन् । सरकारी विद्यालयबाट कुनै किसिमको प्रतिक्रिया नआए पनि विद्यार्थी तथा अभिभावकहरु विद्यालय भौतिक रुपमा संचालन हुनुपर्ने पक्षमा देखिन्छ । यति हुँदासम्म जनकपुरधाम उपमहानगरको शिक्षा शाखा लगायत नगर प्रमुखले विद्यालय संचालन सम्बन्धमा कुनै पनि अभिव्यक्ति राख्नुभएको छैन । धनुषा प्रमुख जिल्ला अधिकारीले पनि यस सम्बन्धमा केन्द्रको निर्णय आउन जरुरी छ बताउनु हुन्छ । यस परिवेशमा जनकपुरधाम उपमहानगर मेयरले सर्वपक्षीय बैठक बोलाउनु पर्ने अति आवश्यक रहेको देखिन्छ । यस बैठकमा विद्यालयसँग आवद्ध विद्यालय संगठनहरु,शिक्षक संगठनहरु,अभिभावक संगठन,विद्यार्थी संगठन,प्रमुख जिल्ला अधिकारी,संकट व्यवस्थापन समितिको पदाधिकारी,जिसस अध्यक्ष,बुद्धिजिवि,समाजसेवी,पत्रकार,जिल्ला स्वास्थ्य प्रमुख,मानव अधिकारकर्मी,पत्रकार लगायत अन्य आवश्यक सबै सरोकारबालाहरुलाई बैठमा आमन्त्रित गरी विद्यालय संचालन सम्बन्धि परामर्श लिनु आवश्यक रहेको देखिन्छ जुन वीरगञ्ज महानगरले समेत गरेका छन्् ।