
यतिबेला अफगानिस्तानमा फसेका नेपाली जनतालाई उद्धार गर्नुपर्ने प्राथमिक काम रहेको देखिन्छ । अफगानिस्तानमा लडाकु समूह तालिबानले धमाधम शहर कब्जा गर्ने क्रममा सरकारले आफ्ना नागरिक उद्धार गर्न समिति निर्माण गरेको छ ।
सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न परराष्ट्र मन्त्रालयको संयोजकतत्वमा एक समिति गठन भएको छ । ‘समितिको उद्देश्य के छ भने कदाचित हामीले कसैलाई हामी आफैँले इभाक्वेट गरेर लिएर आउनुप¥यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरूलाई राखेर यो संयन्त्र बनेको हो’ । अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको बुझिएको छ । नेपालीहरू अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको बुझिएको छ ।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरू स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको बुझिएको छ । तर बाँकी नेपालीहरुलाई उद्धार गर्नमा नेपाल सरकारले हदैसम्म पहल गर्न आवश्यक छ । नेपाली जनताले समेत नेपाल सरकारको सम्पर्कमा आउन आवश्यक छ । उनीहरुले त्यहाँको नेपाली दूतावासमा सम्पर्क गरी नेपाल फर्किने सम्भावना रहेको देखिन्छ । नेपाल सरकार समेत त्यहाँको नेपाली दूतावासको दूतलाई स्पष्ट निर्देशन दिएर नेपाली जनताको जिवन रक्षाको लागि पहल गर्नुपर्ने आवश्यकता रहेकोले त्यहाँको सरकार तथा सरोकारबालाहरुसँग समन्वय गरेर नेपालीलाई सम्पर्क ल्याउन जरुरी छ ।