जनकपुरमा वेल—ईक्वीप्ड ल्यावको संचालन भएको छ ः भिसि झा – Jaleshwortoday

जनकपुरमा वेल—ईक्वीप्ड ल्यावको संचालन भएको छ ः भिसि झा

 १ भाद्र २०७८, मंगलवार ००:०४  
Lab

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३२ श्रावण
प्र्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको उपकुलपति(भिसि) डा.भरत झाले केपिटल डाईग्नोस्टिक ल्याव प्रा.लि.को उद्घाटन गर्दै सो ल्याव राम्रोसँग सुसज्जित(वेल—ईक्वीप्ड) रहेको बताउनु भएको छ ।
वहाँले राम्रो तालिम प्राप्त कर्मचारी र सहि डाईग्नोसिसमा यस संस्थाले ध्यान दिए प्रदेश २ मै राम्रो ल्यावको रुपमा परिचित हुने बताउनुभयो । जनकपुरबाट बाहिर जाँचको लागि पठाउनुपर्ने ल्याव जाँच यस ल्यावले गर्न सके अझै यस संस्थाले उचाई प्राप्त गर्ने वहाँले बताउनुभयो । त्यसैगरी सो ल्यावको हेड मनिष कुमार लाभले यहाँ भएका सबै प्राविधिकहरु मास्टर डिग्री होल्डर तथा अनुभवि रहेकाले बजार भन्दा उचित मुल्य,जाँच प्रभावशाली र चिकित्सकलाई शतप्रतिशत संतुष्टि हुने बताउनु भयो । कोरोना सम्बन्धि समेत ६ महिना भित्र जाँच गर्न सक्ने लाभले थप्नुभयो । यो ल्याव प्रदेश २ मै नमूना ल्यावको रुपमा रहेको अतिथि जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्ष लभ राजा प्र. सिंहले बताउनुभयो । संचालक प्रेम सिंहले २ करोडको लगानीमा अति सुविधा समपन्न तथा गुणस्तरमा विशेष रुपमा ध्यान दिने गरी संचालन गरिएको यस ल्यावबाट सबैले अत्यधिक लाभ लिनको लागि आग्रह गर्नुभयो ।