जलेश्वरको कार्यालयदेखि घरहरु डुुबानमा – Jaleshwortoday

जलेश्वरको कार्यालयदेखि घरहरु डुुबानमा

 २ भाद्र २०७८, बुधबार ०१:१२  
Mahottari

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १ भाद्र
महोत्तरीको जलेश्वर नगरपालिका शहर भित्रका सरकारी कार्यालयदेखि स्थानिय घरहरु उच्च वर्षाको कारण डुबानमा परेका छन् ।
मालपोत कार्यालय जलेश्वरको तामेली फाँट उच्च वर्षाको पानीका कारण डुवानमा परेका छन् । यसले सेवाग्राही तथा कर्मचारीहरु प्रभावित भएका छन् । जनता तथा कर्मचारीहरु पानीमै बसेर काम गर्न बाध्य रहेको स्रोत ले बताएको छ । यस विषयमा कार्यालय प्र्रमुख मौन रहेको सेवाग्राहीले आरोप समेत लगाएका छन् । त्यसैगरी जलेश्वरको जिल्ला अदालत,जिल्ला प्रहरी कार्यालय,जिसस लगायत कार्यालयहरु उच्च वर्षा तथा बाढीको बखत डुुवानमा पर्ने गरेको पाइएको छ । त्यसैगरी तल्लो भूमिका कारण स्थानिय पुरानो घरहरु समेत वर्षा तथा बाढीको बेला डुवानमा पर्ने गरेको छ ।