जलेश्वरटुडे समाचारदाता
धनुषा, १ भाद्र
प्रदेश २ का नवप्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार प्रदेश प्रमुख मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए । मिश्रलाई सोमबार बसेको मन्त्रि परिषदको बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिस पश्चात् राष्ट्रपति कार्यालय उनलाई आज नियुक्त गरेको थियोे ।