पद बचाउने खेल बन्द होस् – Jaleshwortoday

पद बचाउने खेल बन्द होस्

 ३ भाद्र २०७८, बिहीबार ०१:१८  
Education

नेपालको राजनीतिमा व्यक्तिगत चरित्र भन्दा पदीय चरित्रलाई बढी प्राथमिकता दिइएको देखिन्छ । अहिले पद बचाउनको लागि ठूला नेताहरुदेखि स्थानिय जनप्रतिनिधिहरु समेत पार्टि समेत बदलेर अगाडी बढेको देखिन्छ । मधेसको सन्दर्भमा मधेस आन्दोलन र मधेसी जनसमुदायको अपेक्षाको कदरको विपरित देखिएका छन् मधेसी दल तथा नेताहरु । सरकार खसाउने र बनाउने खेलमा नै रमिएका छन् यहाँको राजनीति । प्रदेश संरचना तयार भएदेखि अहिलेसम्म करीब ४ बर्षमा ४ वटा प्रदेश २ मा प्रदेश प्रमुख देखिएका छन् । प्रदेश २ कै मन्त्रालयको मन्त्रीहरु आफ्ना पद बचाउनको लागि रातारात पुरानो पार्टि परित्याग गरी नयाँ पार्टिमा प्रवेश गरेका छन् । तर पार्टि परित्याग गरी पद सुरक्षित गर्ने महाकलाकारहरुका विचमा ईमानदार नेता तथा जनप्रतिनिधिहरु पनि छन् जसले पदीय लोभलाई त्यागेर आफ्नो छवि ,शान र पार्टिगत समर्पणलाई देखाएका छन् । पार्टि फुटाउने,नयाँ पार्टि दर्ता गराउने,कार्यकर्ता तान्ने जस्ता प्रतिशोधको भावनाले हुने राजनैतिक क्रियाकलापहरुलाई निर्वाचन आयोगले नीति तथा कानून बनाई नियन्त्रण गर्न सक्नुपर्छ । साथै पदभन्दा व्यक्तिगत चरित्रलाई दर्शाउन जरुरी छ । पार्टि परिवर्तन भन्दा देशको विकासको बारेमा चिन्तन गर्न र कार्यान्वयन गर्न जरुरी छ । आलोपालोको सरकार बनाउनु भन्दा जनतामुखि सरकार बनाएर देशको विकासमा ध्यान दिनु अपरिहार्य छ । पद बचाउनुभन्दा जनताको काम गरेर जनमत प्राप्त गर्नू जरुरी छ ।