भिठामोड नाका बन्द भएर सर्वसाधारणलाई समस्या – Jaleshwortoday

भिठामोड नाका बन्द भएर सर्वसाधारणलाई समस्या

 ३ भाद्र २०७८, बिहीबार ०१:२३  
Nepal

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ भाद्र
भिठामोड नाका बन्द भएपछि सर्वसाधारणलाई समस्या भएको छ । नेपाल भारतको सम्बन्ध बेटी रोटी रहेकोले नेपाल आउने भारतीय नागरिक तथा नेपालबाट भारत जाने नेपाली नागरिकलाई भिठामोड नाका भएर आवतजावत गर्न ज्यादै नै कठिन रहेको छ । अहिले वर्षाको पानी र बाढीको कारण भिठामोड नाकादेखि उत्तरपट्टि,पश्चिमपट्टि र पूर्वपट्टिको जमिन पानीले जलमग्न भएका छन् । भारतीय प्रहरीले सर्वसाधारणलाई सिधा आवतजावत गर्न नदिएर पश्चिमपट्टिको जलमग्न खेतको बाटोबाट मात्र जान दिने गरेको कारण हिलाम्य बाटो र जलाशयको कारण दुर्घटना हुने सम्भावना रहेको रामगोपालपुरको विनय कुमारले बताउनुभयो । निजको अनुसार नेपालमा बन्दाबन्दीको कारण खाद्य सामाग्रीदेखि अन्य सामानहरुको मूल्य बृद्धि भएर यस नाका भएर भारतबाट सामान खरिद गर्न बाध्य छौं । नेपाल प्रहरी अनुसार भारतबाट नै आवतजावतमा रोक लगाइएको छ,नेपालले रोकेको छैन ।सर्वसाधारणहरु कहिले सुलभ रुपमा नाका खुल्छ ? सोध्न थालेका छन् ।