
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ भाद्र
जलेश्वर नगरपालिका वडा नं. ३ मलिबारा स्थितको क्वारेन्टाइन कार्यालयको अनुसार भारतबाट नेपाल भित्रिने फलफुलहरुको आयातमा कमी आएको छ ।
बन्दाबन्दीको कारण मान्छेको खर्च गर्ने क्षमतामा कमी आएको कारण यस नाकाबाट फलफुलहरुमा अनार र स्याउ दैनिक ६ देखि ७ क्वीन्टल आयात हुुने गरेको सो कार्यालयको का.स.खेधरु कापरले बताए । यस कार्यालयबाट फलफुलमा किरा लागेको छ वा छैन जाँच गर्ने गरेको कापरले थपे । अहिले फलफुलमा किरा लागेको नदेखिएको समेत उनले जानकारी गराए । फौजी किरा ज्यादै नै खतरनाक रहेको बताए।