मधेसलाई अधिकार समपन्न बनाउनु छ ः नेसपा अध्यक्ष महतो – Jaleshwortoday

मधेसलाई अधिकार समपन्न बनाउनु छ ः नेसपा अध्यक्ष महतो

 ४ भाद्र २०७८, शुक्रबार ००:१४  
Nepal

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ भाद्र
नेपाल सद्भावना पार्टिको अध्यक्ष राम कुमार महतोले मधेसलाई अधिकार समपन्न बनाउने अठोट राख्नु भएको छ ।
बुधबार रिपोर्टर क्लबमा लिइएको अन्तर्वार्तामा जवाफ दिदै अध्यक्ष महतोले मधेसका ठूला नेताहरु महन्थ ठाकुर,राजेन्द्र महतो र उपेन्द्र यादवले मधेस र मधेसीको नाउँमा अवसरबादी सावित भएको बताएका छन् । वहाँले यी ठूला नेताहरुले जहिले पनि परिवारिक राजनीति गरेको आरोप समेत लगाउनुभयो । किनभने यिनीहरुले आफ्ना श्रीमति,ज्वाई,सम्धी,भाई भारदारलाई मात्रै मन्त्रीदेखि मेयर बनाएका छन् वहाँले थप्नुभयो । साथै यिनीहरुले जहिले पनि मधेसको मुद्दाको लागि काम गरिरहेको बताए पनि अहिले सम्म नागरिकता समस्या समाधान गराउन सकेका छैनन् । उनिहरुले यो नयाँ संविधान जलाए पनि विभिन्न पार्टिको सरकारमा पद र पावरको लागि विगतमा चिनिएको इतिहासलाई नकार्न सकिदैन । त्यसकारण अहिले मधेसलाई अधिकार समपन्न गराउन म जस्ता युवा नेताले अगाडी आउनु परेको वहाँले बताउनुभयो । स्व.गजेन्द्र नारायण सिंहले पनि जबसम्म युवाहरु राजनीतिमा आउदैन तवसम्म मधेस अधिकार समपन्न हुदैन वहाँले थप्नुभयो । नेपाललाई संघिय व्यवस्थामा लग्नुपर्ने पहिलो आवाज नेपाल सद्भावना पार्टिको संस्थापक स्व. गजेन्द्र नारायण सिंहले नै उठाउनुभयो । अध्यक्ष महतोले नेपाललाई ४ वटा स्वायत प्रदेश र १ वटा केन्द्र शासित प्रदेश राख्नुपर्ने अवधारणा राख्नुभयो । धेरै स्थानिय तह नराखेर ३०० जति मात्र राख्न सल्लाह दिए । देशलाई आर्थिक रुपमा सबल बनाउनको लागि भ्रष्टाचार र नीति नियममा परिवर्तन गर्न जरुरी छ । अहिलेको संघियतामा आएको आलोपालोको सरकार लगायतका विकृतिहरुको विकल्पको रुपमा नेपाल सद््भावना पार्टिले खडा उत्रिने विश्वास दिलाउनुु भयो ।