
नेपालको पहाडी क्षेत्रभन्दा मधेसमा बैंकहरु अनुदार देखिएका छन् । विशेष रुपमा बैकहरु उदार वा अनुदार कस्ता छन् बुझ्नको लागि ऋण लिने बेलामा थाहा हुन्छ । कतिपय बैकहरुले १५ दिनमा ऋण उपलब्ध गराइदिने भनिए पनि महिनौसम्म विभिन्न प्रक्रियाहरुमा समय लगाएका हुन्छन् । यतिमात्र होइन ऋण उपलब्ध गराउनु भन्दा पूर्व जमिनको साइट देख्ने बेलामा पनि अनावश्यक रकम माँग गरेका धेरै प्रमाणहरु छन् । ऋण उपलब्ध गराउनुभन्दा पूर्व दुनियाँका अनावश्यक प्रश्न हरु गरेर परेशान गरेका हुन्छन् । जबकी एउटा ऋणीले ऋण लिने बेलामा ऋण रकमभन्दा २ देखि ३ गुणा बढीको सम्पति धितो राखेका हुन्छन् । मासिक आम्दानीको आयश्रोत का प्रमाण समेत लिएका हुन्छन् । बैकको यस्ता व्यवहारले समान्य जनता भयभित हुने र बैक ऋण लिनु भन्दा गाउँघरमै चर्काे व्याजदरमा ऋण लिन सजिलो ठान्दछन् । अहिले बैकहरुले ऋणीको रहनसहन लगायत विभिन्न कुराहरुको मुल्याँकन गर्ने तथा लामो झन्झटिलो प्रक्रिया गरेको कारण सर्वसाधारणलाई समस्या पर्ने देखिएको छ । त्यसकारण बैकहरुको ऋण लगाउनु धर्म हो र आम्दानीको स्रोत पनि हो । यसको लागि समान र सरल व्यवहारबाट नै ऋण उपलब्ध गराउनु सकारात्मक हुने देखिन्छ ।