चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताले अनशन रोके – Jaleshwortoday

चुरे संरक्षणको माग गर्दै आमरण अनशन बसेका अभियन्ताले अनशन रोके

 ५ भाद्र २०७८, शनिबार ०२:०५  
Chure

जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ भाद्र

चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता आज नबौं दिन अनशन तोडेका छन् ।
प्रदेश सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि चुरे अभियानीद्वय रानी राय र अमन यादव आमरण अनसन तोडेका छन् । प्रदेश २ सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले माग पुरा गर्न गराउन ७ बुँदैं लिखित सम्झौता गरेपछि उनीहरु अनसन तोडेका हुन् । अनसन तोड्न दुबै अभियानीलाई मन्त्री यादवले फ्रुटी खुवाएका थिए । मन्त्री यादवले माग सम्बोधनका लागि सात दिनभित्र छानविन समिति गठन गर्ने र सो समितिले २१ दिनभित्र प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही अगाडी बढाउने सम्झौता गरेका छन् । सम्झौता पत्रमा मन्त्री यादव र चुरे अभियानीको तर्फबाट अभियन्ता सरोज राय हस्ताक्षर गरेका छन् । यस्तै क्रसर माफियाले हत्या गरेका मिथिला नगरपालिकाका दिलिप महतोलाई शहिद घोषा र उनका परिवारका एक सदस्यलाई जागिरको लागि आवश्यक पहल गर्ने सम्झौता पनि भएको चुरे अभियानी सबिता यादवले बताइन् । उनले सम्झौता कार्यान्वयण हुने विश्वास व्यक्त गरिन् । चुरे अभियानीद्वय यादव र रायले सिरहाको मारुती सिमेन्टले अतिक्रमण गरेको बनको जग्गा फिर्ता हुनुपर्ने, वन कार्यालय लहान, सिरहाले वृक्षारोपनको नाममा गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, वन कार्यालय लहान,सिरहाले चुरे अभियानीमाथि लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने सहितका ५ बुंदै माग राखेर साउन २८ गतेदेखि आमरण अनसन बसेका थिए । उनिहरुको यस अभियानमा जनकपुरधामका विभिन्न संघसंस्था,साँसद,मन्त्र,िमेयर,समाज सेवीहरु,नेपाल सद््भावना पार्टिका युवा संजाल अध्यक्ष राज कुमार चौधरी,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,जि.उपाध्यक्ष आशिष गुप्ता,जि.सदस्यहरु कृष्ण मण्डल र विरेश्वर मिश्रले समेत ऐक्यबद्धता जनाएका थिए ।