
बालबालिका हाम्रो देशको कर्णधार हुन् । यिनीहरुको पनि स्वास्थ्यको रक्षा गर्नु नेपाल सरकार दाँयित्व हो भन्ने बाल अधिकार समेत हो । त्यसकारण बालबालिका सुरक्षित तथा स्वस्थ राख्नको लागि कोरोना खोपको व्यवस्था सम्बन्धीत सरोकारबालाहरुले सिघ्र गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
अहिले बच्चाहरुलाई लक्षित गरी भाइरसको संक्रमण हुने खतराबारे स्वास्थ्य निर्देशनालय तथा मन्त्रालयले जानकारी गराएको अवस्थामा बच्चाहरुको लागि पनि विदेश झै खोप वा औषधीको व्यवस्था सरकारबाट हुनु पर्दछ । किनभने अन्य उमेर समुहको स्वास्थ्यको सुरक्षा गरे झै बच्चाको लागि व्यवस्था गर्नु आवश्यक छ । यसले बालबालिकाको स्वास्थको रक्षा हुने देखिन्छ ।
बालबालिकाहरु विद्यालय नगएर घरमै निस्सासिएर थुनिएका छन् । उनिहरुको रोग सँग लड्ने क्षमतामा कमी आएको छ । किनभने घरमा विद्यालय जस्तो शारिरीक व्याम तथा क्रियाकलाप नहुने हुनाले तिनीहरु पहिले भन्दा कमजोर भएका छन् । घरमा एकै ठाउँमा बसेर मोबाइल चलाएर समय बिताइरहेको अवस्थामा बालबालिकाको स्वास्थ्यलाई समेत स्वास्थ्य मन्त्रालय तथा निर्देशनालयले ध्यान दिनु आवश्यक छ ।