जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ भाद्र
आइतबार जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा देशभरी नै सार्वजनिक विदाको घोषणा गरिएको छ ।
रक्षाबन्धन हरेक वर्ष श्रावण महिनाको पूर्णिमा तिथिमा मनाइने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाईभाईलाई हातमा रक्षासुत्र अर्थात राखिबाँध्ने गर्दछन्र । साथै दाईभाईको सुनौलो जिवनको कामना समेत गर्दछ । त्यसैगरी दाईभाईलाई जिवनभरी रक्षा गर्ने संकल्प समेत लिन्छन् ।यस अवसरमा दिदीबहिनीले दाईभाईलाई भगवान सरह आरती गर्ने,निधारमा टीका लगाईदिने तथा मिठो परिकार खुवाउने चलन छ । त्सैगरी दाईभाईले दिदीबहिनीलाई कोसेली पनि दिएका हुन्छन् । रक्षा सुत्र बाँध्ने बेलामा दिदीबहिनीले ‘ॐ येन बद्धो बली राजा दानवेन्द्रो महाबल ः । तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ।।’ मन्त्रको उच्चारण गरेका हुन्छन् । सर्वप्रथम देवी लक्ष्मीले राजा बलिलाई राखि बाँधि यो पर्वको शुरुवात गर्नुभएको थियो । त्यसैगरी यसै दिन बाहुन समुदायले जनै पनि फेर्ने गर्दछन्।