
हिन्दु धर्मको ईतिहास अनुसार रक्षाबन्धनको शुरुवात देवि देवताको पालादेखि नै भएको हो । भाई बहिनीको प्रेमको प्रतिकको रुपमा मनाइने यो पर्वको आफ्नै मुल्य र मान्यता छ । विशेष रुपमा यो पर्व नेपाल तथा भारतमा मनाइने गरिन्छ । साथै नेपालबाट टाढिएका गैरआवासिय नेपाली नागरिकले विदेशमा समेत यो पर्व हर्षाेल्लासका साथ मनाउने गर्दछन् ।
नेपाल सरकारले अगामी वर्ष भन्दा यस वर्ष फरक किसिमले चिन्तन गरी रक्षाबन्धनको दिनमा सार्वजनिक बिदा गरेर सम्पूर्ण नेपाली दिदीबहिनीहरुको मन जित्न सफल भएको छ । यस निर्णयले रक्षाबन्धन जस्तो महापर्वलाई सम्मान भेटाएको छ र यसले गर्दा यस पर्वको महत्वमा चार चाँद लागेको छ । सार्वजनिक विदाका कारण नेपालकै विभिन्न भूभागका व्यक्तिहरुले रक्षाबन्धनको महत्व र मनाउने तरिकाबारे बुझेका छन् । मधेसमा मनाइने यो पर्वबारे अन्य पनि क्षेत्रमा प्रचारप्रसार भएको छ । यसले मधेसको चर्चित संस्कृतिले सम्मान पाएको छ । त्यसकारण नेपाल सरकार यतिखेर धन्यबादको पात्र बन्न सफल हुनुभएको छ । प्रदेश २ मा यस अघि सार्वजनिक विदा भए पनि यस वर्ष राष्ट्रिय रुपमा बिदा पाउनुले मधेसमा उत्साहको तरंग देखिन थालेको छ ।