जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ भाद्र
निजी चापाकलका पानी सडकमा बगाउने बिषयलाई लिएर दुई पक्ष विच विवाद हुदा तिन जना घाईते भएका छन । घाईते हुनेमा सम्सी गाउपालिका वडा न. ५ पोखरभिण्डाका बर्ष २४ का निसान्त कुमार निराला ,बर्ष ५५को राम उदार यादव र बर्ष ६५ को जंगु लाल यादव रहेका छन ।
घाईते निरालाको दाहिने हात भाचिएको छ भने अन्य दुवै जनालाई समान्य चोटपटक लागेको घाईते निरालाले बताएका छन । घाईते तिनै जनाको जनकपुर रामानन्द चौक स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ । घाईते निरालाका अनुसार विपक्षी मनोहर यादवले आफनो चापाकलको पानी आफनो खाली जग्गामा नबगाई सडकमा बगाउने गरेको र समय समयमा निजलाई सम्झाउदै आए पनि नमाने पछि १ गते राति फेरी सम्झाउन जादा त बढी गाउको चिन्ता लिन्छ भन्दै विवाद हुदाहुदै कुटाकुटको अवस्था आएको थियो । विपक्षीको घर सोही ठाउमा भएकाले विवाद हुन साथ घरेल ुहतियारबाट आक्रमण गरेको र मेरो दाहिने हात दुई ठाउमा भाचेको हो । गाउँमा यस्ता विवाद हँुदा सवका नाइके राम कैलास यादव रहन्छ र उसकै नेतृत्वमा जहिले पनि विवाद हुदै आएको छ । कहिले स्कुलका प्रधानाध्यापकसंग त कहिले कसैसंग मानिसहरुलाई उक्साई झगडा गराउने बानीका कारण गाउबाटै प्रहरीले हथकडी लगाएर समेत लगिएको बताउछन । तर यसैसम्बन्धमा रामकैलास यादव संग सम्र्पक गर्दा वहाले यो गाउको गलत राजनितिका कारण यस्ता विवादहरु हुदै आएको हो । यो अहिलेको घटना पानी बगाउने एउटा बहाना मात्रै हो हामीलाई टारगेड गरेर विवाद गर्न आएको थियो । यिनीहरु अपधारधिक कृयाकलापका व्यक्तिहरु हुन । यस्ता व्यक्तिहरुका कारण समाज आतंकीत रहदै आएको हो । समयमै प्रहरी प्रशासनले यस्तालाई नियन्त्रण गर्न सकेन भने गाउँका सोझा साझा जनता आतंकको माहौलमा बाच्न बाध्य हुने छ ।