रिया चक्रवर्तीले ३० दिनपछि पाइन् जमानत – Jaleshwortoday

रिया चक्रवर्तीले ३० दिनपछि पाइन् जमानत

 २१ आश्विन २०७७, बुधबार २३:२०  
Rhea

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ आश्विन

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा रिया चक्रवर्तीले बम्बे उच्च अदालतबाट बुधबार जमानत पाएकी छिन् ।यद्यपि, अदालतले उनका भाइ शौविक चक्रवर्तीको जमानत याचिका खारेज गरेको छ ।रियाले अदालतलाई एक लाख जमानती शुल्क बुझाएकी छिन् । यसअघि मंगलबार एक विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट अन्तर्गत मंगलबार रियाको न्यायिक हिरासत २० अक्टोबरसम्म बढाएको थियो ।

जमानतका लागि राखियो शर्तः

रियाले जेलबाट रिहा भएपछि पासपोर्ट बुझाउनुपर्नेछ । उनी कसैको अनुमति बिना विदेश यात्रामा जान पाउने छैनन् । यदि उनी मुम्बई बाहिर जानुपर्ने भए उनले सबैभन्दा पहिले अधिकारीलाई यसबारे जानकारी दिनुपर्नेछ । साथै, पुलिस चौकीमा १० दिनको अन्तरालमा आफ्नो हाजिरी दर्ता गराउनुपर्नेछ ।

एक महिनादेखि जेलमा बन्द रियाले लोअर कोर्टबाट दुईपटक याचिका खारेज भएपछि हाईकोर्टमा अपिल गरेकी थिइन् ।

अब्दुल बासितको जमानत याचिका खारेजः

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको ड्रग कनेक्सनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ८ सेप्टेम्बरमा रियालाई पक्राउ गरेको थियो । उनलाई भायखाल जेलमा राखिएको थियो । जेल प्रशासनले बेलको अर्डर पाउने बित्तिकै उनलाई जेलबाट रिहा गरिने छ ।

यस्तै स्याम्युल मिरान्डा र दिवेश सावन्तलाई पनि बम्बे हाइकोर्टले जमानत दिएको छ । जबकी अब्दुल बासितको जमानत याचिका खारेज गरिएको छ ।