नगर सफा राखौं – Jaleshwortoday

नगर सफा राखौं

 ९ भाद्र २०७८, बुधबार ०७:१२  
Education

कोरोना कहरको बखत सरसफाईमा ध्यान दिन आवश्यक देखिन्छ । किनभने फोहोरको कारण पनि कोरोनाको संक्रमण बढने देखिन्छ । अहिले विभिन्न नगरपालिका तथा गाउँपालिकाहरु आफ्ना कामकाजमा व्यस्त देखिएका छन् । तर फोहोर व्यवस्थापन केहि मुख्य सडकमा फाटफुट रुपमा भए पनि सानो बाटो तथा गल्लीहरुमा फोहोर थुप्रिएर गन्हाएको छ भने त्यसबाट रोग सर्ने संभावना पनि त्यत्तिकै बढेको देखिन्छ । जब की फोहोर व्यवस्थापनको लागि प्रत्येक पालिकाले फोहोर व्यवस्थापनको लागि विभिन्न कर्मचारीहरु समेत व्यवस्थापन गरेका छन् । त्यसकारण ती सफाई कर्मचारीहरुलाई काममा अर्हाउन सक्नु पर्यो सार्थ तिनीहरुले गरिरहेका कामको मूल्यांकन तथा अनुगनम समेत गर्न आवश्यक देखिन्छ ।
अहिले समाजिक संजाल पनि सूचनाको स्रोतको रुपमा साबित भइसकेको अवस्थामा समाजप्रति जिम्मेबार समाजसेवीहरुले समाजिक संजालमा समेत पालिकाको कमी कमजोरीलाई फोटो सहित राखेर ध्यानाकर्षण गराउन खोजेका हुन्छन् जसलाई सरोकारबालाहरुले सकारात्मकरुपमा लिन जरुरी देखिन्छ । तर यस्ता समय आउनु भन्दा पूर्व यस्ता लापरबाहीहरुलाई नियन्त्रण गर्न सक्नु पनि पालिकाको कर्तव्य हो । काम गर्न सफाई कर्मचारीहरुले समेत शहर सफा सुग्घर राख्नमा अहम भूमिका खेल्न आवश्यक छ । पालिकाहरुले सफाई बाहेक कुनै किसिमको लापरबाही गरेको खण्डमा सचेत नागरिकले विभिन्न माध्यमबाट पालिका प्रमुख वा वडा प्रमुखलाई समयमै जानकारी गराई समस्या बढन दिनु हुदैन । आफू पनि सफाईमा ध्यान दिऊ ।कोरोना कहरको बखत सरसफाईमा ध्यान दिन आवश्यक देखिन्छ । किनभने फोहोरको कारण पनि कोरोनाको संक्रमण बढने देखिन्छ । अहिले विभिन्न नगरपालिका तथा गाउँपालिकाहरु आफ्ना कामकाजमा व्यस्त देखिएका छन् । तर फोहोर व्यवस्थापन केहि मुख्य सडकमा फाटफुट रुपमा भए पनि सानो बाटो तथा गल्लीहरुमा फोहोर थुप्रिएर गन्हाएको छ भने त्यसबाट रोग सर्ने संभावना पनि त्यत्तिकै बढेको देखिन्छ । जब की फोहोर व्यवस्थापनको लागि प्रत्येक पालिकाले फोहोर व्यवस्थापनको लागि विभिन्न कर्मचारीहरु समेत व्यवस्थापन गरेका छन् । त्यसकारण ती सफाई कर्मचारीहरुलाई काममा अर्हाउन सक्नु पर्यो सार्थ तिनीहरुले गरिरहेका कामको मूल्यांकन तथा अनुगनम समेत गर्न आवश्यक देखिन्छ ।
अहिले समाजिक संजाल पनि सूचनाको स्रोतको रुपमा साबित भइसकेको अवस्थामा समाजप्रति जिम्मेबार समाजसेवीहरुले समाजिक संजालमा समेत पालिकाको कमी कमजोरीलाई फोटो सहित राखेर ध्यानाकर्षण गराउन खोजेका हुन्छन् जसलाई सरोकारबालाहरुले सकारात्मकरुपमा लिन जरुरी देखिन्छ । तर यस्ता समय आउनु भन्दा पूर्व यस्ता लापरबाहीहरुलाई नियन्त्रण गर्न सक्नु पनि पालिकाको कर्तव्य हो । काम गर्न सफाई कर्मचारीहरुले समेत शहर सफा सुग्घर राख्नमा अहम भूमिका खेल्न आवश्यक छ । पालिकाहरुले सफाई बाहेक कुनै किसिमको लापरबाही गरेको खण्डमा सचेत नागरिकले विभिन्न माध्यमबाट पालिका प्रमुख वा वडा प्रमुखलाई समयमै जानकारी गराई समस्या बढन दिनु हुदैन । आफू पनि सफाईमा ध्यान दिऊ ।