
कुनै पनि व्यवसायिक प्रतिष्ठानको लागि उपभोक्ता सर्बाेपरी हुन्छन् । स्वस्थ्य उपभोक्ता नै त्यस व्यवसायको नियमित ग्राहक बन्न सकेको हुन्छ । उपभोक्ता स्वास्थ्यमा कुनै पनि किसिमको जोखिम देखा परे त्यसले सम्पूर्ण व्यवसायको सेरोफेरोलाई नै परिवर्तन गरिदिन्छ ।
अहिले बजारमा म्याद बितिसकेका खाद्य पदार्थहरुमा नयाँ मिति राखेर उपभोक्तालाई प्रभावित हुने किसिमले बस्तुहरु पठाउन थालिएको छ । यो कार्य अत्यन्त गैरकानुनी हो । यसले उपभोँक्ताको स्वास्थ्यमा असर गरी उपभोक्ता स्वास्थ्य नै बिग्रिने देखिन्छ । त्यसकारण यस किसिमको क्रियाकलाप रोक्नको लागि सम्बन्धित सरोकारबाला निकायहरु तथा गुण नियन्त्रण तथा नाप तौल विभागले ध्यान दिनु आवश्यक छ । यस्ता जो कोही व्यवसायीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही अगाडी बढाउनु पर्ने आवश्यकता रहेको छ । साथै उपभोक्ता स्वयंले पनि सामान खरिद गर्दा कुनै पनि किसिमको मिलाबट वा गुणमा परिवर्तन देखा परे नजिकको गुण नियन्त्रण तथा नापतौल विभागमा उजुरी दर्ता गराउनु पर्छ ।
यस कार्यले क्षणिक लाभ व्यवसायिलाई दिए पनि दीर्घकालमा व्यवसायिको लागि नराम्रो हो । यसको लागि स्वस्थ र सफा समान बेच्नु पर्छ । यसले स्वस्थ उपभोक्ता बनाउन सहयोग गर्छ ।