शिल्पा शेट्टीले स्वीकारिन् आफ्नो गल्ती – Jaleshwortoday

शिल्पा शेट्टीले स्वीकारिन् आफ्नो गल्ती

 ११ भाद्र २०७८, शुक्रबार २३:०१  
Shilpa Shetti

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ भाद्र
बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी मामिलामा १ महिनाभन्दा बढी समयदेखि जेलमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी मामिलामा पक्राउ गरेको थियो । यो घटनापछि शिल्पा शेट्टीले आफ्नो कामबाट मात्रै नभई सोसल मिडिया र प्रशंसकबाट पनि टाढा भएकी थिइन् । तर नायिका हालै आफ्नो शो ‘सुपर डान्सर ४’ मा पनि फिर्ता भएकी थिइन् र अब उनी सोसल मिडियामार्फत् प्रशंसकसँग पनि जोडिने प्रयास गरिरहेकी छिन् । शिल्पा शेट्टीले सोल मिडियामा एउटा पोस्ट शेयर गरेकी छिन्, जुन चर्चामा छ । शिल्पा शेट्टीले बिहिबार सेयर गरेको एउटा सोसल मिडिया नोटमा आफ्नो गल्ती ‘स्विकार’ गरेकी छिन् । शिल्पाले श्रीमान् राज कुन्द्राको विषयमा चलिरहेको विवादका बीच एउटा किताबको केही अंशमार्फत् प्रशंसकसँग कुरा गर्ने कोसिस गरेकी छिन् । नायिकाले सेयर गरेको किताबको पानामा लेखिएको छ – गल्ती ती बक्यौदाको हिस्सा हो, जसलाई हामी उमेरभरी चुकाइरहन्छौं ।’शिल्पा शेट्टीले किताबको जुन पाना सेयर गरेकी छिन् त्यसमा लेखिएको छ, ‘हामी कुनै गल्ती नगरिकन जीवनलाई रोमाञ्चक बनाउन सक्दैनौं । हामी आशा गर्छौं कि हामीले कसैलाई पनि चोट पुग्ने गरी गल्ती गर्नुहुन्नँ । गल्तीलाई हामी त्यो चिजको रुपमा हेर्छौं जसलाई हामी बिर्सन चाहन्नौं । वा जुन सबैभन्दा रोचक अनुभवले भरिएको होस् । यसकारण होइन कि हामीले गल्ती गरेका छौं, यसकारण कि हामीले त्यसबाट सिकेका छौं । म पनि गल्ती गर्दैछु । म पनि आफूलाई माफी गरिदिनेछु र मैले त्यसबाट सिक्नेछु ।’