ओबिसीको मांग पुरा नगरे सत्तापक्षकै संघीय संसद आन्दोलनमा सहभागी हुने प्रतिबद्धताःसांंसद मेहता – Jaleshwortoday

ओबिसीको मांग पुरा नगरे सत्तापक्षकै संघीय संसद आन्दोलनमा सहभागी हुने प्रतिबद्धताःसांंसद मेहता

 ११ भाद्र २०७८, शुक्रबार २३:०५  
OBC

जलेश्वरटुडे समाचारदाता
सुनसरी, ११ भाद्र
पिछडावर्ग ओबिसी महासभा प्र्रदेश नं.१ को अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद तथा पूर्व मन्त्री सिताराम मेहताले ओबिसीको माँग पुरा नगरे सत्तापक्षकै संघीय संसद आन्दोलनमा सहभागी हुने प्रतिबद्धता दिनु भएको छ । सो कार्यक्रममा विशिष्ट अतिथिमा पिछडावर्ग ओबिसी राष्ट्रिय अध्यक्ष राम कुमार महतो,अतिथिहरुमा ओबिसी राष्ट्रिय सहमहासचिव नागेन्द्र सिंह,प्रदेश २ अध्यक्ष प्रमेश्वर महतो,केन्द्रिय सदस्य लालबाबु साह र महोत्तरी जिल्ला सचिव सुरेन्द्र सिंहलाई आसन ग्रहण गराइएको थियो । ओबिसी राष्ट्रिय अध्यक्ष महतोले बक्तब्यको क्रममा अहिले ३६ वटा जाति मध्ये २९ वटा जातिलाई मात्र पिछडावर्ग ओबिसीमा सूचित गरेको छ जुन अपूर्ण हो । यी जातजातिहरु आर्थिक,सामाजिक,राजनीतिक,शैक्षिक रुपमा पछाडी परेकोले यी जातजातिहरु पिछडावर्गमा परेको वहाँले बताउनुभयो । यसै गरी विभिन्न बक्ताहरुले ओबिसीको हक अधिकारको बारेमा जोडदार माँग गरेका थिए । कार्यक्रममा प्रदेश नं.१ का सयौ ओविसी कार्यकर्ताहरुका उपस्थिति रहेको थियो । यो अधिवेशन सुनसरीको इनरुवा नगरपालिकाको सत्यनारायण मन्दिरको सभाहलमा समपन्न भएको थियो ।