
एजेन्सी
काठमाडौं, २१ आश्विन
भारतको आइ(लिग दोस्रो डिभिजनको फाइनल चरणको खेल बिहीबारबाट सुरु हुँदैछ। आइ(लिग छनोटको रूपमा रहेको प्रतियोगितामा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ।
कोरोना भाइरसका कारण प्रतियोगिताको अन्तिम चरण हुन सकेको थिएन। बिहीबार प्रतिस्पर्धा सुरु भएसँगै भारतमा पनि कोरोना भाइरसपछि औपचारिक रूपमा फुटबल फर्कनेछ।
गत जनावरीमा सुरु भएको प्रतियोगिताको समूह चरणका खेल बाँकी रहदा स्थगित गरिएको थियो।
कोरोना कारण स्थगित प्रतियोगिताको स्वरुप परिवर्तन गर्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ६ टिमलाई अन्तिम चरणमा स्थान दिइएको थियो।
तर केरलाले प्रतियोगितामा भाग नलिने बताएपछि अन्तिम चरणमा पाँच टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।
प्रतियोगितामा अरा एफसी, भवानीपुर क्लब, बेंगलुरु युनाइटेड, गढवाल एफसी र मोहमेडन एससीबीच प्रतिस्पर्धा हुनेछ।