करिब १७ महिनादेखि बन्द रहेको जलेश्वर—भिठामोड नाका अहिलेसम्म बन्द भएर समान्य जनतालाई अत्यधिक समस्या भएको छ । जलेश्वर—भिठामोड नाका बाहेक नेपाल—भारतको मटिहानी—मधवापुर नाका लगायत विभिन्न नाकाहरु समान्य भइसकेको अवस्था छ । नेपाल प्रहरीको अनुसार नेपाल तर्फबाट जलेश्वर—भिठामोड नाका भएर भारत आवागमन गर्न कुनै अवरोध छैन । तर भारतीय प्रहरीले मात्र रोकेर समान्य जनतालाई खेतको जलमग्न पानी भएर आवतजावत गर्नुपर्ने कष्ट झेल्नुपरेको छ जुन असहय छ । बाढी तथा वर्षाको मौसम को कारण सो बाटो झन बिग्रेको छ । स्रोतको अनुसार भारत सरकारले नै प्रत्यक्ष रुपमा सीधा—सीधा नेपाली तथा भारतीय नागरिकलाई यस नाकाबाट प्रवेश गराउन बन्देज लगाएको छ । तर यदि यो तथ्य नै सहि हो भने भारत सरकारले ठूलो गल्ती गरेको देखिन्छ । किनभने नेपाल—भारतको सदियो देखिको खुल्ला नाकाले नेपाल र भारत वीचको प्रगाढ सम्बन्धलाई झल्काएको छ । नेपाल र भारतको बेटी—रोटीको सम्बन्ध रहेको छ । यस ऐतिहासिक सम्बन्धलाई बचाएर राख्नु दुवै देशको कर्तव्य हो । कोरोनाको संक्रमण समान्य भइसकेको अवस्थामा भारत सरकारले यस नाकालाई सधै झै खोल्नुपर्ने आवश्यक रहेको छ । यसले दुवै देश वीचको सम्बन्ध अझै मजबुत हुने छ ।