शैक्षिक नाकाबन्दी हटाऊ – Jaleshwortoday

शैक्षिक नाकाबन्दी हटाऊ

 १५ भाद्र २०७८, मंगलवार ०६:३८  
Education

एक्लो जनकपुरधाम उपमहानगरपालिकामा शैक्षिक नाकाबन्दी गरिएको छ । करिब ५ महिनादेखि कोरोनाको ढाल बनाएर विद्यालयहरु संचालन नभएर विद्यार्थीहरु अलपत्र भएका छन् भने अभिभावकहरु सन्तानको भविष्य प्रति चिन्ति भएका छन् । सरकारी विद्यालय खोलाउन अहिलेसम्म कुनै पनि आवाज आएको छैन । त्यसको कारण हामी सबैलाई थाहा छ । तर आत्म आलोचना गर्ने हो भने सरकारी विद्यालय पनि खोलिनुपर्छ भन्ने सल्लाह होलान् केहि शिक्षक तथा प्रधानाध्यापकहरुका । तर तिनीहरु खुलेर बोल्न सक्दैन् । यसको पछाडी उनीहरुको कानूनी बाध्यता छन् । निजी विद्यालय खोलाउनको लागि विगत २ महिनादेखि प्रयासरत छन् निजी विद्यालयका संगठनहरु । तर यहाँको सिडिओ लगायत विभिन्न सरोकारबालाहरुले असमान्य शर्तहरु राखेर अप्रत्यक्ष रुपमा विद्यालयहरु बन्द रहनुपर्नेमा उनिहरु सकारात्मक देखिन्छ । तर यहि धनुषा जिल्लाकै पालिकाहरुले कसको आदेशमा सामान्य शर्तमा विद्यालय संचालन गर्न सकेका छन् त ? यसको जवाफ बुझनमा कसैलाई समय लाग्दैन । पक्कै पनि तिनीहरुलाई आदेश दिने सिडिओ नै हुन् । एउटै जिल्लाको फरक फरक शहरमा फरक फरक विना तर्कको व्यवहार कानून संगत देखिदैन । कि त धनुषा जिल्ला भरी शैक्षिक नाकाबन्दी हुनुपर्छ । होइन भने शैक्षिक नाकाबन्दी खोल्नुपर्ने अति आवश्यक देखिन्छ । कोरोनाको कहर सामान्य भएको र मापदण्ड अपनाएर विद्यालय खोल्न सक्ने विद्यालयहरुलाई स्वस्फुर्त रुपमा संचालन गर्न अनुमति दिइनुपर्छ । यस उपमहानगरको मेयरले यसको नेतृत्व गर्नुपर्ने आवश्यकता छ । किनभने यस पालिकाको अभिभावक पनि वहाँ नै हो । वहाँले संकट व्यवस्थापन गर्नमा अग्र स्थानमा हुनु जरुरी छ । शैक्षिक नाकाबन्दीले जनकपुरधाम सुन्दर बन्ने होइन । जनकपुरलाई सुन्दर बनाउनको लागि विद्यालय सुचारु गर्न जरुरी छ । जसरी बाँच्नको लागि खाना जरुरी छ, त्यसरी नै जिउनको लागि शिक्षाको जरुरी छ । कोरोना अहिले नै जाने होइन । त्यसकारण कोरोनासँग परस्पर समन्वय गरेर कार्य नीति बनाएर अगाडी बढनुपर्ने जरुरी छ । मात्र परीक्षाफल निकालेर जनकपुरधाम सबल र सुन्दर हुने होइन । त्यसको लागि पढाई लेखाई कार्य पनि भाौतिक रुपमा संचालन हुुनुपर्छ ।