धनुुषाका कक्षा ६ देखि माथिका विद्यालय खोल्न पाइने,६ भन्दा तलका विद्यालयहरु निरास – Jaleshwortoday

धनुुषाका कक्षा ६ देखि माथिका विद्यालय खोल्न पाइने,६ भन्दा तलका विद्यालयहरु निरास

 १६ भाद्र २०७८, बुधबार ००:३१  
Dhanusha School

जलेश्वरटुडे समाचारदाता
धनुषा, १५ भाद्र
कोरोना महामारीको कारण लामोसमयदेखि बन्द धनुषाको शैक्षिका संघसंस्था मापदण्डको पालना गरि खोल्न दिने प्रशासनले निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको अध्यक्षतामा सोमबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति धनुषाको बैठकबाट ६ कक्षाभन्दा माथिका कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो । यस निर्णयले ६ कक्षा भन्दा तलका विद्यालयहरु निरास देखिएको नेपाल प्याब्सनको नगर सचिव पवन कुमार साहले बताउनुभयो । कोरोनाको संक्रमण घट््दै गएकोले विद्यार्थी तथा अभिभावकहरुका आवश्यकतालाई ध्यान दिएर तल्लो कक्षाहरु समेत मापदण्ड अपनाएर संचालन गर्न सकिने अवस्था रहेको सचिव साहले बताउनुभयो । शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि ०७८ र सिसिएमसी बाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका ०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने उनले बताए ।विद्यालयहरू सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने नियम समेत लगाएको छ । विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय सञ्चालन गर्न पाउने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।