मेला व्यवस्थापनमा ध्यान दिऊ – Jaleshwortoday

मेला व्यवस्थापनमा ध्यान दिऊ

 १६ भाद्र २०७८, बुधबार ००:३८  
Education

जनकपुरधाममा आयोजित श्री कृृष्णजन्माष्टमीको अवसरमा आयोजित मेलामा व्यवस्थापनको कमी देखियो । कोरोनाको समयमा पनि श्रद्धालु भक्तजन तथा दर्शकहरुको स्टेशन र मालपोत निरको कृष्ण मन्दिरमा ठूलो भिड देखिएको थियो । मालपोत निर प्रहरी प्र्रशासनको समेत उपस्थिति न्यून रहेको थियो । स्टेशन निर भानुचौकको मूलबाटोमा मोटरसाइकल आवतजावतमा रोक लगाइए पनि गल्ली बाटोमा प्रहरीको उपस्थिति नभएर मोटरसाइकलहरु समेत मेलामा प्र्रवेश गरेका थिए । जसको कारण मेला भिडभाडयुक्त तथा अनियन्त्रित देखिएको थियो । मेला आयोजक धर्म संस्था तथा युवा क्लबहरुको समेत स्वयंसेवकको भूमिका यसपालि न्यून रहेको थियो । जसको कारण दर्शनार्थिहरुले भगवानको दर्शन गर्नमा अप्ठ्यारो महसुस गरेका थिए । जनकपुरधाम उपमहानगरले समेत मेला व्यवस्थापनमा चासो नलिएको देखियो । कोरोना नियन्त्रणको लागि विद्यालयहरु बन्द गराउने निकायहरुले मेला आयोजनामा कोेरोना न्यूनिकरण तथा सुरक्षाको लागि कुनै पनि पहल गरेको देखिएन । यस्ता स—साना गल्तीहरुलाई ध्यान दिइएन भने यसले ठूूलो घट्नाको जन्म दिन्छ । असोजमा दशैंको मेला पनि धुमधामले आयोजना गर्ने हुदा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जरुरी हुुने देखिन्छ ।