सबै कक्षा संचालन होस् – Jaleshwortoday

सबै कक्षा संचालन होस्

 १७ भाद्र २०७८, बिहीबार ०८:२५  
Education

जनकपुरधाम उपमहानगरपालिकामा करिब ५ महिनादेखि बन्द रहेका कक्षा ६ देखि १२ सम्मका सरकारी तथा गैरसरकारी विद्यालयहरु मात्र बुधबारदेखि खोल्न धनुषा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेका छन् । विद्यालय खोल्ने निर्णय स्वागतयोग्य रहेको छ । तर कक्षा संचालनमा असमान अवस्था ल्याएर कक्षा ६ भन्दा तल्लो कक्षा संचालन नगर्ने नीजि विद्यालयहरु निरास भएको छ । किनभने यतिबेला ढीलो निर्णय आए पनि सबै विद्यालयहरुलाई मापदण्ड अपनाएर खोल्न दिने अनुमति भेट्ला भन्ने आशा थियो । अहिले विद्यालयहरु नखुलेर विद्यार्थीहरुमा विभिन्न किसिमकोे गलत आदतहरुले पढाईदेखि टाढा राखिरहेको छ । यति मात्र होइन साना विद्यालयका शिक्षकहरु समेत बेरोजगार भएर घरमा बस्दा आर्थिक अवस्था कमजोर भएको छ । नेपाल सरकारले बताएको कोरोना सम्बन्धि मापदण्ड अपनाएर विद्यालय संचालन गर्न अनुमति दिनुपर्ने आवश्यकता रहेको देखिन्छ । कोरोनाको संक्रमण कम भएको कारण सबै कक्षाहरु संचालन गर्दा कुनै पनि समस्या नआउने देखिन्छ । कक्षा ६ भन्दा तलका्् विद्यालय खोलाउनका लागि सबै सरोकारबालाहरुले एक चोटि अझै पहल गर्न जरुरी छ । यतिबेला यस शहरका सबै क्षेत्रका व्यवसायहरु संचालनमा आइसकेकोले अव विद्यालय संंचालनको निणर्य गर्न जरुरी छ ।